Share Market

नेप्से परिसूचक १६ दशमलव ८५ अङ्कले गिरावट

फागुन २४, इलाम: दिनभरिमा शेयर बजार १६ दशमलव ८५ अङ्क घटेर १ हजार ३ सय ४१ दशमलव ५६ विन्दुमा पुगेर बन्द भएको हो । सो दिन कारोबार रकम रू. ३२ करोड ७७ लाखले बढेर रू. ४१ करोड ९६ लाख पुगेको छ भने कुल बजार पूँजीकरण घटेर रू. १५ खर्ब १२ अर्ब पुगेको छ ।

होटल समूहको परिसूचक २ दशमलव ३३ प्रतिशतले घटेको छ । बैङ्किङ समूहको परिसूचक १ दशमलव ५३ प्रतिशत, बीमाको १ दशमलव २२ प्रतिशत र विकास बैङ्कको १ प्रतिशत घटेका छ । साथै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४६ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ४४ प्रतिशत, उत्पादन तथा प्रशोधनका शून्य दशमलव ३४ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव १ प्रतिशत घटेको हो ।   

नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीहरुको शेयर मूल्य बढेको, १ सय ५ कम्पनीहरुको मूल्य घटेको छ भने १७ कम्पनी स्थिर रहेका छन् । दिनभरीमा १ सय ४० कम्पनीको ४ हजार ४ सय १८ पटकको व्यापारबाट ७ लाख ९४ हजार ५ सय ७९ कित्ता शेयर किनबेच भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १ दशमलव ३४ प्रतिशत बढेर २ सय ९१ दशमलव ३५ अङ्क पुगेको हो । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ४७ दशमलव ५७ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव १७ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All