Share Market

नेप्से परिसूचक ४ दशमलव शून्य ७ अङ्कले वृद्धि

काठमाडौं, २३ फागुन: दिनभरिमा शेयर बजार ४ दशमलव शून्य ७ अङ्क बढेर १ हजार ३ सय ५८ दशमलव ४१ विन्दुमा पुगेर बन्द भएको हो । सो दिन कारोबार रकम रू. १३ करोड ७१ लाखले बढेर रू. ७४ करोड ७३ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १५ खर्ब ३१ अर्ब पुगेको छ ।

‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ८८ प्रतिशत बढेको छ । यस समूहको परिसूचक ५ दशमलव ७८ अङ्कले बढेको हो । साथै, होटल समूहको परिसूचक शून्य दशमलव ५२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४२ प्रतिशत, बैङ्किङको शून्य दशमलव ३९ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव १ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य १ प्रतिशतले बढेको हो । वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ३५ प्रतिशत र बीमा समूहको शुन्य दशमलव शून्य ६ प्रतिशतले घटेको छ ।

नेप्सेमा कारोबार भएका कम्पनीमध्ये ६५ कम्पनीहरुको शेयर मूल्य बढेको, ६४ कम्पनीहरुको मूल्य घटेको छ भने १२ कम्पनी स्थिर रहेका छन् । दिनभरीमा १ सय ४१ कम्पनीको ५ हजार ६ सय ६४ पटकको व्यापारबाट १५ लाख ५० हजार २ सय ३८ कित्ता शेयर किनबेच भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ३१ प्रतिशत बढेर २ सय ९५ दशमलव ३२ अङ्क पुगेको हो । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ५१ दशमलव शून्य ८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो १ दशमलव शून्य १ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All