Article

स्वच्छ ऊर्जाको फोहोरी रहस्य

सौर्य ऊर्जा उत्पादनमा प्रयोग गरिने प्रविधि फोटोभोल्टाइक सेल र वायु ऊर्जा उत्पादन गर्न प्रयोग गरिने टर्बाइन आविष्कार भएको करिब १ सय ५० वर्षपछि पनि विश्वको कुल ऊर्जा उत्पादनको झन्डै ७ प्रतिशत मात्र विद्युत् नवीकरणीय ऊर्जा प्रविधिबाट उत्पादन भएको पाइन्छ । यस क्षेत्रमा अझ उल्लेख्य प्रविधि विकास हुन बाँकी छ । एक दशक अघिसम्म ऊर्जा क्षेत्रमा निकै सानो हिस्सा मात्र ओगटेका नवीकरणीय ऊर्जाका स्रोत अहिले अन्य ऊर्जा स्रोतको तुलनामा तीव्र गतिमा विकास भइरहेका छन् । नवीकरणीय ऊर्जा प्रविधिको लागत मूल्यसमेत घटेकाले जैविक ऊर्जा उत्पादन मूल्यसँग प्रतिस्पर्धा गर्न सक्ने भएको छ । बेलायती बहुराष्ट्रिय तेल तथा ग्यास कम्पनी ब्रिटिस पेट्रोलियमले आगामी २० वर्षमा विश्वको कुल ऊर्जा आपूर्तिको करिब आधा हिस्सा नवीकरणीय ऊर्जा क्षेत्रले ओगट्ने प्रक्षेपण गरेको छ । अहिले विश्व नै नवीकरणीय, असीमित र सस्तो मूल्यको युगमा प्रवेश गरिसकेकाले नवीकरणीय ऊर्जाले आधा हिस्सा ओगट्न सक्छ भन्ने कुरा अविश्वसनीय पनि छैन । समय पनि अहिले यस्तै आएको छ ।

नवीकरणीय ऊर्जा क्षेत्रमा २० ट्रिलियन डलर लगानी भइसकेको छ । हाल नवीकरणीय क्षेत्रले ओगटेको करिब ७ प्रतिशत हिस्साबाट आगामी केही (दुई) दशकमै झन्डै आधा हिस्सा ओगट्ने गरी नवीकरणीय ऊर्जा क्षेत्रको विकास गर्न धुलोधुँवा निकाल्ने पुराना ऊर्जा उत्पादन केन्द्र विस्थापन गरी नयाँ उत्पादन केन्द्र निर्माण गर्न आवश्यक छ । यसका लागि आवश्यक उपकरण पोलिमर र तारको स्तरोन्नति गर्न ठूलो परिमाणको लगानी आवश्यक पर्छ । साधारणतया मानिस परम्परागत ऊर्जामा नै पैसा लगानी गर्न मन पराउँछन्, किनभने यसको प्रतिफल विश्वसनीय छ । तर, नवीकरणीय ऊर्जाको हालसम्म बाहिर नआएको गोप्य खराब (नकारात्मक) कुरा पनि छन् । नवीकरणीय ऊर्जा क्षेत्र जति विस्तार हुँदै जान्छ, त्यति नै अन्य स्रोतका ऊर्जाको मूल्य पनि घट्दै जान्छ । अतः भविष्यमा कार्बन–फ्री वातावरण बनाउने प्रयासको व्यवस्थापन गर्न अझ संकट थपिँदै जाने देखिन्छ । नवीकरणीय तथा परम्परागत ऊर्जा उत्पादन प्रविधि नाफामुखी (सस्तो) हुन जरुरी छ । तर, बजार स्थिर नभएसम्म नवीकरणीय ऊर्जा क्षेत्रमा सरकारी अनुदान मात्र बढ्ने देखिन्छ ।

नवीकरणीय ऊर्जामा स्थानान्तरण हुने गतिमा अवरोध (ब्रेक) गरिएकाले नीति–निर्मातालाई यो कटुसत्य पहिले नै थाहा थियो भन्न सकिन्छ । युरोप र चीनका धेरै स्थानमा नवीकरणीय ऊर्जा क्षेत्रमा सरकारी अनुदान कटौती गरिएसँगै लगानी पनि घटेको छ । तर, वायु ऊर्जा र सौर्य ऊर्जाभन्दा अर्को समाधान छैन । नवीकरणीय ऊर्जाको उपयोगिता बढाउनुभन्दा विश्वमा यसको मूल्यप्रणाली के–कस्तो रहेको छ भन्ने कुरामा पुनर्विचार गर्ने समय आएको छ ।

नवीकरणीय ऊर्जा विकास प्रणालीमा झट्का
विभिन्न कालखण्डमा सरकारले अनुदान दिएर नवीकरणीय ऊर्जा कार्यक्रम जनतामा लागू गरिनु प्रमुख समस्याका रूपमा देखिएको छ । बीसौँ शताब्दीमा धेरै समय राज्य नियन्त्रित एकात्मक प्रणालीका कारण विद्युत् उत्पादनमा धेरै शृंखला सिर्जना गरियो । पछि सन् १९८० को दशकपछि यस्ता धेरै शृंखला भंग गरियो, निजीकरण र स्वायत्तीकरण गरिएको थियो । अतः बजार सरोकारवालाले कहाँ लगानी गर्दा सबैभन्दा बढी फाइदा हुन्छ भन्ने कुराको निर्धारण गरे । अहिले झन्डै ६ प्रतिशत विद्युत्शक्ति प्रयोगकर्ताले एकात्मक (मोनोपोली) बजार भएका कम्पनीबाट सेवा लिइरहेका छन् । तर, ऊर्जा आपूर्तिमा अहिले जताततै कार्बन कम उत्सर्जन गर्न दबाब पर्दै आएकाले नवीकरणीय ऊर्जा विकासमा सरकारी प्रयास पनि सुस्त छ । नवीकरणीय ऊर्जा विकासमा सरकारी लगानी भइहाल्नु प्रमुख तीन कारणले गर्दा हानिकारक छ । पहिलो भनेको सरकारी अनुदान प्रणाली आफैँ हो । यसैगरी, दोस्रो र तेस्रो भनेको वायु ऊर्जा र सौर्य ऊर्जाका प्रकृतिसँग सम्बन्धित छन्, जुन समानस्तरमा ऊर्जा उत्पादन गर्न सक्दैनन् र यिनको सञ्चालन खर्च पनि ज्यादै कम हुने गरेको छ । यी तीन कारणले ऊर्जा मूल्य किन कम भइरहेको छ र सरकारी अनुदान लतका रूपमा किन विकास गरिँदै छ भन्ने कुराकोे राम्रोसँग व्याख्या गरेका छन् ।

प्रथमतः सन् २००८ देखि हालसम्म करिब ८ खर्ब डलर सार्वजनिक अनुदान बेकारमा लगानी गरिएकाले नवीकरणीय ऊर्जा क्षेत्रको बजारलाई पनि अर्कैतिर मोडेको छ । यति धेरै खर्च हुनुको कारण पनि झट्ट हेर्दा उपयुक्त लाग्ने खालकै छ । जलवायु परिवर्तन असरविरुद्ध लड्न र निकै महंगो पर्ने वायु ऊर्जा र सौर्य ऊर्जा प्रविधिको विकासमा फड्को मार्न खर्च गरिएको भनिएको छ । तर, ऊर्जा पर्याप्तता तथा वित्तीय संकट र परम्परागत विद्युत् खपत यथावत् नै रहेकाले सरकारी अनुदान पनि क्रमशः घट्तै गएको देखिन्छ । फलस्वरूप ऊर्जा उत्पादन क्षमता कमजोर हुँदै गएको, ऊर्जा उपकरणको बिक्री कम भएको र यसले राज्यको आम्दानी पनि घट्तै गएको देखाएको छ । साथै नवीकरणीय ऊर्जा क्षेत्रको लगानीलाई निरुत्साहित पनि गरेको छ ।

दोस्रो कुरा के हो भने नवीकरणीय ऊर्जा नियमित र भरपर्दो हुँदैन । विशेषतः उपयुक्त मौसम नभएका देशमा मौसममा आउने अनपेक्षित परिवर्तनले सबै मौसममा विद्युत् उत्पादन गर्न सक्दैन, दिनमा केही समय मात्र विद्युत् उत्पादन हुने गर्छ । अहिलेको विद्युत् प्रवाह कोइला, ग्यास र आणविक शक्तिबाट उत्पादित परम्परागत ऊर्जामा निर्भर छ, यसले नवीकरणीय ऊर्जा विस्तारमा टेवा पु¥याएको छैन । लामो समयसम्म नवीकरणीय ऊर्जा उत्पादन सक्रिय रूपमा अगाडि बढ्न नसकेकाले निजी लगानीकर्ता आकर्षण गर्न पनि कठिन भएको छ । नवीकरणीय ऊर्जा क्षेत्रको विकास हुन जनताको लगानी  जरुरी छ ।

नवीकरणीय ऊर्जा विकासको तेस्रो पक्षले सबैलाई असर गर्छ । नवीकरणीय ऊर्जाको सञ्चालन खर्च ज्यादै न्यून अथवा शून्य सिमान्त (जिरो मार्जिनल) हुन्छ, किनभने हावा तथा सूर्य सबैका लागि सित्तैमा प्राप्त हुने हो । बजारमा अल्पकालीन भए पनि सस्तो मूल्यमा उत्पादन हुने, प्रतिस्पर्धी मूल्य र राजस्वसमेत घटेको मन पराइन्छ । नवीकरणीय ऊर्जा सेवाप्रदायकले सित्तैमा प्राप्त हुने वायु र सौर्यशक्तिको व्यापार गरेकाले यसको सञ्चालन खर्च पनि कोइलाबाट ऊर्जा उत्पादन गरेजस्तै महँगो हुने गरेको छ ।

सचेतता अपनाउनुपर्ने
नवीकरणीय ऊर्जामा मानिसको पहुँच बढ्दै जाँदा समस्या झन् थपिँदै गएका छन् । नवीकरणीय ऊर्जाका समस्या सबैभन्दा पहिले युरोपले अनुभव ग¥यो । पछि नवीकरणीय ऊर्जा प्रविधिमा प्रयोग गरिने उपकरण पनि बजारबाट हराए, यस्ता उपकरणको सम्पत्ति मूल्यांकन र बजारमा विस्तारले समेत व्यवधान खेप्नुपर्‍यो । गत वर्ष जर्मनीका दुईवटा ठूला विद्युत् सेवा प्रदायक कम्पनी ई–अन र आरडब्ल्युई दुई–दुई भागमा विभाजित भए । चीनजस्ता प्रशस्त हावा प्रवाह हुने स्थानमा पनि कोइलाबाट उत्पादन हुने ऊर्जाको व्यापार प्रवद्र्धन गर्न वायु ऊर्जा उत्पादन केन्द्रलाई निरुत्साहित गर्न थालिएको छ ।

फलस्वरूप, विशेषतः जनताको सहायता प्राप्त गरी नाफा हुने क्षेत्रमा लगानी बढ्न थालेकाले विद्युत् प्रणालीको पुनः नियमन हुँदै आएको छ । धेरै राज्यले नवीकरणीय ऊर्जा सहायता कार्यक्रम विस्तार गरेकै वेला जनता भने भुक्तानी क्षमतालाई जथाभावी प्रयोग गरी परम्परागत विद्युत् उत्पादन केन्द्रमा लगानी बढाए । अतः बजारका लगानीकर्ताभन्दा राजनीतिक दलका नेता फेरि एकपटक कसरी नवीकरणीय ऊर्जाका सचेतना विकास गर्न सकिन्छ भनेर निर्णय गर्ने प्रक्रियामा रहेका छन् । तर, प्रायः तिनीहरूले गल्ती गर्ने गरेका छन् । नवीकरणीय ऊर्जामा ठूलो लगानी गरे पनि जर्मनीले सस्ता प्रविधिलाई जोड दिएकाले परम्परागत कोइला उत्पादन केन्द्रले त्यहाँ उत्सर्जन बढाएको छ । आमूल परिवर्तनकारी नयाँ धारणाको विकास नगरेसम्म नवीकरणीय ऊर्जामा क्रान्ति आउन सम्भव छैन ।

नयाँ प्रविधिको विकासले ऊर्जा क्षेत्रका समस्याको पहिचान गर्न सहयोग गर्नु राम्रो कुरा हो । डिजिटल प्रविधि, स्मार्ट मिटर र डिजिटल ब्याट्रीको प्रयोगले कम्पनी र घरायसी प्रयोगकर्तालाई माग व्यवस्थापन गर्न सहयोग गरेको छ । यसको उदाहरणका रूपमा बढी ऊर्जा खपत हुने काम विद्युत् माग कम भएको समय (रात)मा गर्नुलाई लिन सकिन्छ । यसले अनियमित आपूर्तिका बाबजुद ऊर्जा व्यवस्थापन गर्न सहयोग गर्छ । धेरै ऊर्जा उत्पादन गर्ने ठूला मोड्युलका ऊर्जा उत्पादन केन्द्रका तुलनामा स्थानान्तरण गर्न सजिला साना मोड्युलका ऊर्जा उत्पादन केन्द्र बढी लोकप्रिय भएका छन् ।

माग र आपूर्तिबीच व्यवस्थापन गर्न नवीकरणीय ऊर्जाको बजार पुनर्संंरचना गर्नु ठूलो काम हो । मौसमअनुसार उत्पादनमा उतार–चढाव आउने हुनाले ऊर्जा बजार व्यवस्थापक तथा नियामक निकायले बारम्बार मूल्य समायोजन गर्नुपर्छ । धेरै संकट भएको समयमा ब्ल्याक आउट हुन नदिन उच्च मूल्य कायम गर्न सकिन्छ । बढी ऊर्जा उत्पादकलाई जस्तै माग सन्तुलन कायम गर्न कम ऊर्जा खपतकर्ता ग्राहकलाई पनि बजारले पुरस्कृत गर्नुपर्छ । सबै मौसममा समान ऊर्जा आपूर्तिको ग्यारेन्टी चाहने ग्राहक संख्यामा आधारित भएर बिमा नीतिजस्तै ऊर्जा क्षेत्रमा पनि नीति–निर्माण गर्न सकिन्छ । छोटकरीमा भन्नुपर्दा ऊर्जा क्षेत्रमा रहेको समस्याको कारण भनेको नवीकरणीय ऊर्जा नभएर म्याद गुज्रेको ऊर्जा उत्पादन मूल्य नै भएको कुरामा नीति–निर्माता स्पष्ट हुनुपर्छ । नवीकरणीय ऊर्जा उत्पादन मूल्य व्यवस्थापन गरियो भने नीति–निर्माताले यो समस्या समाधान गर्न सक्छन् ।

स्रोत : द इकोनोमिस्ट

comments powered by Disqus