Share Market

नेप्से परिसूचक ७ दशमलब ५४ अंकले गिरावट

काठमाडौं, १० फाल्गुन: मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव ५५ प्रतिशत घटेको छ । यस दिन कारोबारमा आएका १ सय ३७ कम्पनीमध्ये ३६ कम्पनीको शेयर मूल्य बढेको छ, ८२ कम्पनीको शेयरमूल्य घटेको छ भने १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । विकास बैङ्क र उत्पादन तथा प्रशोधन समूहको परिसूचक क्रमशः शून्य दशमलव १९ प्रतिशत र शून्य दशमलव १२ प्रतिशत बढेको छ । विकास बैङ्क समूहको शून्य दशमलव १९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव १२ प्रतिशत बढेको छ ।

यस दिन बीमा समूहको परिसूचक २ दशमलव २५ प्रतिशत घटेको छ । कारोबारमा आएको अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्य घटेपछि यस समूहको परिसूचक १ सय ३८ दशमलव शून्य ८ विन्दु घटेर ६ हजार ३ दशमलव ८७ विन्दुमा पुगेको छ । यस समूहको परिसूचकले ६ हजारको प्रतिरोध विन्दुलाई परीक्षण गरिरहेको विश्लेषकको भनाई छ । वित्त समूहको १ दशमलव ३३ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ६६ प्रतिशत, बैङ्किङ समूहको शून्य दशमलव ४२ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

 

comments powered by Disqus

Interview+ View All

Article+ View All