Share Market

नेप्से परिसूचक ४ दशमलव ३८अङ्कले घट्यो

लमजुङ, ०९ फाल्गुन:  यस दिन नेप्सेले कारोवार शुरू भएको आधा घण्टामा यसको पहिलो प्रतिरोध विन्दु काटेर १ हजार ३ सय ९४ विन्दुमा पुगेको थियो । अघिल्लो व्यापार दिनको तुलनामा यस दिन कारोबार रकम २२ दशमलव ५६ प्रतिशतले बढेको हो । कारोबारको शुरूवातमा खरीदकर्ताहरु सक्रिय रहेपनि मध्यान्हमा फेरी विक्रीकर्ताहरुको चाप बढेपछि बजार घट्न पुगेको एक ब्रोकरले बताए ।

अघिल्लो दिन प्रतिरोध विन्दुमा पुगेर बन्द भएको विकास बैङ्कको परिसूचक यस दिन शून्य दशलमव ७४ प्रतिशतले घटेको छ । मध्यान्हसम्म बढेको यस समूहको परिसूचकले १ हजार ४ सय ६१ प्रतिरोध विन्दुको परीक्षण गरेको विश्लेषकको भनाइ छ । यस समूहको परिसूचक घटेमा १ हजार ३ सय ८८ विन्दुमा टेवा पाउने देखिन्छ । विकास बैङ्क समूहको परिसूचक घटेपनि चारओटा लघुवित्त कम्पनीका शेयरधनीहरुले भने करीब १० प्रतिशत मुनाफा आर्जन गरेका छन् । 

त्यसैगरी, अघिल्लो दिन ६ हजारको प्रतिरोध विन्दुलाई तोडेर माथि गएको बीमा समूहको परिसूचक यस दिनपनि शून्य दशलमव ५९ प्रतिशतले बढेको छ । सो दिन कारोबार रकम रू. १५ करोड १३ ले बढेर रू. ८२ करोड २० लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १५ खर्ब ३८ अर्ब पुगेको छ । यस दिन परिसूचक शून्य दशमलव ३१ प्रतिशत अर्थात् ४ दशमलव २४ अङ्क घटेर १ हजार ३ सय ६५ दशमलव ११ विन्दुमा झरको छ । होटल र बीमा समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक घट्नमा दबाब परेको हो । होटल समूहको परिसूचक शून्य दशमलव शून्य १ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ८६ प्रतिशत, बैङ्किङको शून्य दशमलव ३४ प्रतिशत र जलविद्युतको शून्य दशमलव २५ प्रतिशतले घटेको हो ।

नेप्सेमा कारोबार भएका कम्पनीमध्ये ४८ कम्पनीहरुको शेयर मूल्य बढेको, ६९ कम्पनीहरुको मूल्य घटेको छ भने १९ कम्पनी स्थिर रहेका छन् । दिनभरीमा १ सय ३६ कम्पनीको ७ हजार ९ सय ७२ पटकको व्यापारबाट १५ लाख १२ हजार ३ सय २९ कित्ता शेयर किनबेच भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ३० प्रतिशत घटेर २ सय ९७ दशमलव २८ अङ्क पुगेको हो । 

comments powered by Disqus

Interview+ View All

Article+ View All