Share Market

नेप्से परिसूचक २७ दशमलब ०५ अंकले वृद्धि

काठमाडौँ, फाल्गुन ५: यस दिन परिसूचक २ दशमलव शून्य ५ प्रतिशतले बढेको छ । सो दिन कारोबार रकम रू. १३ करोड ६९ ले बढेर रू. ६५ करोड ७१ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १५ खर्ब १४ अर्ब पुगेको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स २ दशमलव ३५ प्रतिशत बढेर २ सय ९२ दशमलव ५२ अङ्क पुगेको हो । नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १ सय ७ कम्पनीहरुको शेयर मूल्य बढेको, ३० कम्पनीहरुको मूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहेको छ । दिनभरिमा १ सय ४५ कम्पनीको ७ हजार २ सय ६१ पटकको व्यापारबाट २६ लाख ६५ हजार ५६ कित्ता शेयर किनबेच भएको छ ।

बीमा समूहको परिसूचक ५ दशमलव २६ प्रतिशतले बढेको छ । कारोबारमा आएका सबै बीमा कम्पनीहरुको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक २ सय ९० दशमलव २७ अङ्क बढेको हो । यस समूहको १४ दिने आरएसआई न्यूट्रल जोन अथवा ३७ दशमलव ९० स्केलमा रहेको छ । यसले बजारमा बीमा समूहको शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । बैङ्किङ समूहको परिसूचक २ दशमलव शून्य ८ प्रतिशत र वित्त कम्पनीको १ दशमलव ९२ प्रतिशत बढेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक १ दशमलव ७१ प्रतिशत, होटलको १ दशमलव ४४ प्रतिशत र जलविद्युतको शून्य दशमलव ९१ प्रतिशत बढेको हो । ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All