News

जलविद्युत आयोजनाको लाइसेन्स अध्ययनबिनै बाँडियो (भिडियोसहित)

काठमाडौँ, ०४ फाल्गुन: जलविद्यृुत क्षेत्रका विज्ञहरुले पानीका स्रोतको उपयोग सम्बन्धमा अध्ययन नै नगरी सरकारले अन्धा–धुन्धरुपमा जलविद्युत आयोजनाको लाइसेन्स बाँडेको आरोप लगाएका छन् । बिना अध्ययन अन्धा–धुन्ध लाइसेन्स वितरण गरिएका कारण कतिपय आयोजना निर्माण हुन नसक्ने विज्ञहरुको भनाइ छ । सावती नामक संस्थाले बुधबार ललितपुरमा गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शेरसिंह भाटले पानीका स्रोतको विभिन्न उपयोगलाई बेवास्ता गरी लाइसेन्स बाँडिएको आरोप लगाए । 

उनले त्रिशुली नदीको उदाहरण दिंदै त्रिशुली नदीको मुहानको पानी पिउनका लागि उपयोग गरिए जलविद्युत आयोजनाका लाइसेन्स लिने कसैले पनि काम गर्न नसक्ने बताए । उनले एउटा आयोजनाले अर्को आयोजनालाई पार्ने असरको राम्रोसँग अध्ययन गरेर मात्र लाइसेन्स वितरण गरिनुपर्ने बताए । हाल कावेली उर्जा लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेका भाटले भारत नेपालको जलविद्युतको बजार हुनै नसक्ने भन्दै जलविद्युतका ठूला आयोजना निर्माण गर्नुपहिले बजारबारे स्पष्ट हुनुपर्ने बताए । 

भारतले नै नेपाललाई सस्तो दरमा विजुली बेचिरहेका बेला भारतमा विजुली निर्यात गर्छु भन्नु मूर्खतापूर्ण हुने उनको भनाइ छ । कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले सरकारमा पानीका स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने सोच नै नरहेको र त्यसको असर जलविद्युत क्षेत्रमा परेको बताए । 

साभार: कारोबार

 

comments powered by Disqus

Article+ View All