Share Market

नेप्से परिसूचक ४ दशमलव शून्य १ अङ्कले घट्यो

काठमाडौं, फागुन ३: मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेको छ । सो दिन होटल र विकास बैङ्क समूह बाहेक कारोबारमा आएका बाँकी समूहहरुको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस दिन परिसूचक ४ दशमलव शून्य १ अङ्कले घटेर १ हजार २ सय ७४ दशमलव ९७ विन्दुमा पुगेको हो । सो दिन कारोबार रकम रू. ९ करोडले घटेर रू. ४० करोड ४१ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १४ खर्ब ३५ अर्ब पुगेको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ४१ प्रतिशत घटेर २ सय ७६ दशमलव ५९ अङ्क पुगेको हो । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) न्यूट्रल जोन अथवा ३० दशमलव १६ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव ७८ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ । नेप्सेमा कारोबार भएका कम्पनी मध्ये ५६ कम्पनीहरुको शेयर मूल्य बढेको, ७२ कम्पनीहरुको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर रहेको छ । दिनभरिमा १ सय ३७ कम्पनीको ५ हजार १ सय २४ पटकको व्यापारबाट १० लाख ११ हजार ६ सय ८५ कित्ता शेयर किनबेच भएको छ ।

होटल समूहको परिसूचक २ दशमलव शून्य ६ प्रतिशतले बढेको छ । सोल्टी होटल र तारागाँउ रिजेन्सी होटलको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक ३३ दशमलव ५४ अङ्कले बढेको हो । विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशतले बढेको छ । त्यसैगरी, जलविद्युत र बीमा समूहको परिसूचक १ दशमलव ७९ प्रतिशतले घटेको छ । बैङ्किङ समूह, वित्त कम्पनी र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव शून्य ९ प्रतिशतले घटेको हो ।

comments powered by Disqus

Article+ View All