Infrastructure

१८ आयोजनामा ३० अर्ब लगानी

फिदिम, २० माघ: २०२५ सालदेखि जिल्लाको व्यापारिक केन्द्रको रुपमा विकसित फिदिम ५ मा अवस्थित जोरसाल बजार जिल्लाको पुरानो बजार हो । एक दशक अघिसम्म जिल्लाकै व्यापारिक गतिबिधिको केन्द्रबिन्दु बनेको जोरसाल बजारमा पछिल्लो समयमा व्यापारिक गतिविधि घट्दै छ । जोरसालजस्तै सदरमुकाम फिदिम बजारमा पनि व्यापारिक गतिविधि घट्दै गएको पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्ले बताउँछन् ।

जिल्लाको ग्रामिण क्षेत्रसम्म सडक विस्तार भएपछि बजार विकेन्द्रित बन्दै गएको छ । सदरमुकामका बजार भन्दा ग्रामिण क्षेत्रका बजारमा आर्थिक कारोबार बढ्दो छ । 'सदरमुका फिदिम बजारको व्यापारै सुकेको छ,' काफ्ले भन्छन्-'गाँउसम्म सडक पुगेपछि बजार सुस्ताएको हो ।'

गाँउका ग्राहकहरु व्यापारिक कारोबारका लागि सदरमुकामसम्म आउन छाडेकाले पुराना बबजार सुस्ताएका हुन् । सडकको सुविध गाउसम्म पुगेपछि ग्रामिण क्षेत्रका व्यापारीहरुले सिँधै झापाको विर्तामोडदेखि कारोबार गर्न थालेकाले जिल्लाका पुराना बजार सुस्ताएका हुन् । 'ग्राहकहरुले विर्तामोडदेखि कारोबार गर्न थालेका छन्,' काफ्लेले भने-'विर्तामोडमा सामान लोड गरेपछि सोझै गाँउमा समान झर्न थालेपछि सदरमुकामको बजार सुस्ताएको हो ।'

फिदिम बजार र जोरसालजस्तै भारपा २ र सुभाङ ८ मा अवस्थित जोरपोखरी बजार र थर्पु बजार पनि जिल्लाका निकै पुराना बजार हुन् । ग्रामिण क्षेत्रसम्म सडकको विस्तार नभएसम्म व्यापारिक गतिविधिका लागि यी बजारहरु निकै चर्चमा थिए । तर, अहिले यी दुई बजार पनि सुनसान भएको यहाँका व्यपारीहरु बताउँछन् । 'गाँउसम्म सडक पुगेपछि यो बजारको व्यापारीक गतिविधि सुस्ताएको छ,” थर्पुका जयनारायण न्यौपानेले भने -'पुर्वाधारहरु प्रयाप्त मात्रामा छन्, तर व्यापार सुस्ताएपछि पुर्वाधारले मात्र नहुदो रहेछ ।'

पाँचथरका नागी, ओयाम, फलैँचा, च्याङथापु, र ताप्लेजङका दर्जन बढि गाविसहरुको केन्द्रबिन्दुको रुपमा रहेको थर्पु बजारको व्यापारीक गतिविधि ती क्षेत्रहरुमा सडक पुगेपछि शुष्ताएको हो । ग्रामिण क्षेत्रका मानिसहरुलाई सडकले सदरमुकाम र विर्तामोडसँग नाता गाँसिदिएपछि जिल्लाका पुराना बजारको व्यापारिक कारोबार शून्य प्राय बनेको व्यापारिहरुको तर्क छ ।

'जोरपोखरी बजार बजार आठ १० गाविसको केन्द्रविन्दु थियो,' जोरपोखरीका एक व्यापारिले भने-'अहिले याहाँको व्यापार खस्केको छ ।' सिदिन, याङनाम, मेमेङ, एकतीन, प्राङबुङ, सुभाङ , पञ्चमि लगायतका ग्राहकबाट उर्लेको यो बजार ती क्षेत्रमा सडक पुगेसँगै सुष्ताएको हो ।

सडक विस्तारले जिल्लाका ग्रामिण क्षेत्रहरुमा कतै नयाँ बजार विस्तार गरेको छ भने केही पुराना बजारहरुलाई विस्थापित हुने स्थितिमा पुर्‍याएको छ । मेची राजमार्गको कारण मौलाएका पुराना बजारहरु ग्रामिण सडकको विकास सँगै शुष्ताएको हुन् भने ग्रामिण क्षेत्रका बजारहरु ग्रामिण सडकको विस्तारले फस्टाउँदैछन् ।

साभार: अन्नपुर्ण पोस्ट

 

comments powered by Disqus

Article+ View All