Share Market

नेप्से परिसूचक २१ दशमलव ४७ अङ्कले गिरावट

काठमाडौँ, १३ माघ: बिहीवार नेप्से परिसूचक २१ दशमलव ४७ अङ्कले घटेको हो । यस दिन परिसूचक १ हजार ३ सय ५७ को टेवा विन्दुमा पुगेर सुधारिन थालेको थियो । यस दिन परिसूचक १ दशमलव ५४ प्रतिशत घटेर १ हजार ३ सय ७५ दशमलव १४ विन्दुमा पुगेर बन्द भएको हो । कारोबार रकम रू. ५१ करोड ९२ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १५ खर्ब ४७ अर्ब रहेको छ ।  

यस दिन नेप्सेमा कारोबार भएका कम्पनीमध्ये जम्मा १४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ सय १५ कम्पनीहरुको मूल्य घटेको छ । दिनभरिमा १ सय ३७ कम्पनीको ५ हजार ५ सय ६९ पटकको व्यापारबाट १० लाख ५२ हजार ८ सय ६९ कित्ता शेयर किनबेच भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १ दशमलव ५६ प्रतिशत घटेर २ सय ९८ दशमलव ४८ अङ्क पुगेको हो । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) ओभरशोल्ड जोन अथवा २४ दशमलव ५१ स्केलमा रहेको छ । यसले बजारमा शेयरको बिक्री चाप उच्च रहेको देखाउँछ । सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव १२ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।

 ‘अन्य’ समूहको परिसूचक १ दशमलव ७८ प्रतिशत र बैङ्किङको १ दशमलव ७५ प्रतिशत घटेको छ । त्यस्तै, बीमा समूहको परिसूचक १ दशमलव ५९ प्रतिशत, वित्त कम्पनीको १ दशमलव ३७ प्रतिशत र विकास बैङ्कको १ दशमलव २६ प्रतिशतले घटेको छ । साथै, होटल समूहको परिसूचक शून्य दशमलव ३१ प्रतिशत र जलविद्युतको शून्य दशमलव २ प्रतिशत घटेको हो ।

comments powered by Disqus

Interview+ View All

Article+ View All