Share Market

नेप्से परिसूचक ३६ दशमलव ३८ अङ्कले घट्यो

काठमाडौं, माघ १२: पहिलो कारोबारदेखि ओरालो लागेको बजार अन्त्यमा २ दशमलव ५४ प्रतिशत घटेर १ हजार ३ सय ९६ विन्दुमा झरेर बन्द भएको हो । बुधबार परिसूचक ३६ दशमलव ३८ अङ्क घटेको हो । यस दिन नेप्सेमा कारोबार भएका कम्पनी मध्ये जम्मा ९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ सय २२ कम्पनीहरुको मूल्य घटेको छ । दिनभरिमा १ सय ३५ कम्पनीको ४ हजार ५ सय ३८ पटकको व्यापारबाट १७ लाख ४ हजार ५ सय ८२ कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेमा कारोबार रकम रू. २० करोड ७१ लाख बढेर रू. ५९ करोड २८ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १५ खर्ब ७१ अर्ब रहेको छ । यस दिन प्रभु बैङ्कको संस्थापक शेयरको मात्रै रू. १७ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । यस संस्थापक शेयरको शेयर मूल्य रू. ६ ले घटेर रू. १ सय ९१ मा सिमित रहेको छ । यसको ३ पटकको व्यापारमा ८ लाख ९५ हजार ९ सय ३ कित्ता शेयर किनबेच भएको छ ।

सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ५४ प्रतिशत घटेर ३ सय ३ दशमलव २० अङ्क पुगेको हो । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) ओभरशोल्ड जोन अथवा २७ दशमलव ५९ स्केलमा रहेको छ । यसले बजारमा शेयरको विक्री चाप उच्च रहेको देखाउँछ । सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव शून्य ७ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ । 

उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशत बढेको छ । त्यस्तै, बीमा समूहको परिसूचक ४ दशमलव शून्य २ प्रतिशत, वित्त कम्पनीको ३ दशमलव ६३ प्रतिशत, होटलको ३ दशमलव १८ प्रतिशत र जलविद्युतको ३ दशमलव शून्य ७ प्रतिशत घटेको छ । साथै, बैङ्किङ समूहको परिसूचक २ दशमलव ६४ प्रतिशत, विकास बैङ्कको १ दशमलव ९७ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव ३२ प्रतिशत घटेको हो ।

comments powered by Disqus

Interview+ View All

Article+ View All