Share Market

नेप्से परिसूचक ७ दशमलव ९६ अंकले घट्यो

काठमाडौँ, १० माघ: सोमवार नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशत घटेको छ । परिसूचक घटेपनि कारोबार रकममा भने ४४ दशमलव ५४ प्रतिशत बृद्धि भएको छ । सो दिन शेयर बजार ७ दशमलव ९६ प्रतिशत घटेर १ हजार ४ सय ५७ दशमलव ८८ बिन्दुमा पुगेको छ । यस दिन नेप्सेमा कारोबार रकम रू. १३ करोड ३२ लाख बढेर रू. ४३ करोड २३ लाख पुगेको छ । कुल बजार पूँजीकरण भने रू. १६ खर्ब ४० अर्ब रहेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५२ प्रतिशत घटेर ३ सय १६ दशमलव ५९ अङ्क पुगेको हो ।

दिनभरिमा १ सय ३४ कम्पनीको २ हजार ९ सय ९६ पटकको व्यापारबाट २३ लाख २५ हजार ७ सय ६९ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ४० दशमलव ७६ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । नेप्सेमा कारोबार भएका कम्पनी मध्ये ३७ कम्पनीको शेयर मूल्य बढेको छ, ८४ कम्पनीको शेयर मूल्य घट्यो र १३ कम्पनीको शेयर मूल्य स्थिर रह्यो । सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव ४४ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।

उत्पादन तथा प्रशोधन समूहको परिसूचक १२ दशमलव शून्य ८ प्रतिशतले बढेको छ। वित्त कम्पनी समूहको परिसूचक १ दशमलव शून्य ५ प्रतिशत बढेको छ । त्यसैगरी, बीमा समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत र होटलको शून्य दशमलव ९३ प्रतिशत घटेको छ । साथै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ६७ प्रतिशत, बैङ्किङको शून्य दशमलव ६२ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ४४ प्रतिशत र जलविद्युतको शून्य दशमलव १७ प्रतिशत घटेको हो । 

comments powered by Disqus

Interview+ View All

Article+ View All