Share Market

नेप्से परिसूचक ३ दशमलव शून्य ५ अङ्कले घट्यो

काठमाडौं, ०४ माघ: मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव २१ प्रतिशत घटेको छ । सो दिन परिसूचक ३ दशमलव शून्य ५ अङ्क घटेर १ हजार ४ सय ६३ दशमलव शून्य ४ बिन्दुमा पुगेको छ । मङ्गलवार नेप्सेमा कारोबार रकम रू. २४ करोड ६२ लाखले घटेर रू. ३४ करोड २५ लाख पुगेको छ । कुल बजार पूँजीकरण भने रू. १६ खर्ब ४६ अर्ब रहेको छ । यस दिन १ सय ३० कम्पनीको ३ हजार ३ सय ५१ पटकको व्यापारबाट ८ लाख ५० हजार ६ सय ६५ कित्ता शेयर किनबेच भएको छ । 

होटल समूहको परिसूचक १ दशमलव ८९ प्रतिशतले बढेको छ । काराबोरमा आएका सबै होटलहरुको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक ३४ दशमलव ८५ अङ्क बढेको हो । यस समूहको १४ दिने आरएसआइ अहिले न्यूट्रल जोन अर्थात् ४६ दशमलव २९ स्केलमा रहेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव १९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य २ प्रतिशत बढेको हो । त्यसैगरी, वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ६६ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ३६ प्रतिशत, बीमाको शून्य दशमलव ३४ प्रतिशत, बैङ्किङको शून्य दशमलव २८ प्रतिशत र जलविद्युतको शून्य दशमलव २६ प्रतिशत घटेको छ । 

comments powered by Disqus

Interview+ View All

Article+ View All