Share Market

नेप्से परिसूचक ३ दशमलव ६८ अंकले गिरावट

काठमाडौं, पुस  २१:  साताको अन्तिम दिनको व्यापारमा नेप्से परिसूचक शून्य दशमलव २५ प्रतिशत घटेको छ । यस दिन बजारमा निकै उतार चढाव देखापरेको शेयर बजार ३ दशमलव ६८ अङ्कले घटेर १ हजार ४ सय ५४ दशमलव १४ विन्दुमा पुगेर बन्द भएको छ । परिसूचक घटेपनि कारोबार रकममा भने न्यून सुधार देखिएको छ । नेप्सेको कारोबार रकम भने बढेर रू. ३५ करोड ७ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १६ खर्ब २८ अर्ब पुगेको छ । यस दिन १ सय २८ कम्पनीको ३ हजार ६८ पटकको व्यापारबाट १२ लाख १२ हजार ४ सय ७४ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा कारोबार भएका कम्पनीमध्ये ४४ कम्पनीको शेयर मूल्य बढेको छ, ७६ कम्पनीको शेयर मूल्य घट््यो र ८ कम्पनीको शेयर मूल्य स्थिर र≈यो ।

होटल समूहको परिसूचक शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । कारोबारमा आएका आरियण्टल होटल र तारागाँउ रिजेन्सी होटलको शेयर मूल्य घटेपछि यस समूहको परिसूचक १५ दशमलव ८६ अङ्कले घटेको हो । यस समूहको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ४३ दशमलव शून्य ८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । साथै, बीमा समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ३१ प्रतिशतले घटेको हो । त्यस्तै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव २५ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव २३ प्रतिशत, बैङ्किङको शून्य दशमलव १७ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव १२ प्रतिशतले घटेको छ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All