Share Market

नेप्सेमा न्यून सुधार, परिसूचक ५ दशमलव ६२ अङ्कले बढ्यो

पुस १३,काठमाडौं: बुधवार परिसूचक ५ दशमलव ६२ अङ्क बढेर १ हजार ४ सय १३ दशमलव १५ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा म्यानुयल कारोबार सहित कुल काराबार रकम रू.४६ करोड २६ लाख पुगेको छ । यस दिन कुल कारोबार रकम भने रू. १३ करोडले घटेको हो । कुल बजार पूँजीकरण रू. १५ खर्ब ८० अर्ब पुगेको छ । यस दिन १ सय २८ कम्पनीको ४ हजार ४७ पटकको व्यापारबाट १४ लाख ९१ हजार ६ सय ५४ कित्ता शेयर किनबेच भएको छ । नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले ओभर शोल्ड जोन अथवा २५ दशमलव २३ स्केलमा रहेको छ । यसले बजारमा शेयरको विक्री चाप बढेको देखाउँछ ।

कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । होटल समूहको परिसूचक २ दशमलव २ प्रतिशतले बढेको छ । सोल्टी होटलको शेयर मूल्य रू. ९ ले बढेपछि यस समूहको परिसूचक ३९ दशमलव ४५ अङ्कले बढेको हो । त्यस्तै, वरुण हाइड्रोपावर बाहेक सबै जलविद्युत कम्पनीहरुको शेयर मूल्य बढेपछि जलविद्युत समूहको परिसूचक १ दशमलव ८४ प्रतिशतले बढेको छ । साथै, विकास बङ्क समूहको परिसूचक शून्य दशलमव ८२ प्रतिशत, वित्त कम्पनीको शून्य दशलमव ५३ प्रतिशत, बीमाको शून्य दशलमव ४६ प्रतिशत, बैङ्किङको शून्य दशमलव २ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशलमव शून्य ८ प्रतिशतले बढेको हो ।

comments powered by Disqus

Interview+ View All

Article+ View All