Share Market

नेप्से परिसूचक २५ दशमलव ३६ अङ्कले घट्यो

काठमाडौँ, ०६ पुष:  बुधवार नेप्से परिसूचक १ दशमलव ७० प्रतिशतले घटेको छ । दिनभरीको व्यापारमा परिसूचक २५ दशमलव ३६ अङ्कले घटेर १ हजार ४ सय ७० दशमलव ६३ बिन्दुमा पुगेको हो । बुधवार व्यापार समूह र होटल समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको छ । नेप्सेमा कारोबार रकम रू.२० करोडले घटेर रू. ४८ करोड १२ लाख पुगेको छ । यस दिन १ सय ३१ कम्पनीको ४ हजार ४ सय २२ पटकको व्यापारबाट ६ लाख ९६ हजार ६ सय ७२ कित्ता शेयर किनबेच भएको छ ।

व्यापार समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशत र होटलको शून्य दशमलव शून्य ६ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ दशमलव ९४ प्रतिशत र बीमाको २ दशमलव ५ प्रतिशतले घटेको छ । साथै, बैङ्किङ समूहको परिसूचक १ दशमलव ९२ प्रतिशत, जलविद्युत र वित्त कम्पनीको शून्य दशमलव ९८ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ६७ प्रतिशत र विकास बैङ्कको शून्य दशलमव ६३ प्रतिशतले घटेको हो ।

comments powered by Disqus

Interview+ View All

Article+ View All