Share Market

नेप्से परिसूचक १८ दशमलव ८९ अङ्कले घट्यो

काठमाडौं, ५ पुस: मङ्गलवार नेप्से परिसूचक १ दशमलव २५ प्रतिशतले घटेको छ । दिनभरीको व्यापारमा परिसूचक १८ दशमलव ८९ अङ्कले घटेर १ हजार ४ सय ९५ दशमलव ९९ बिन्दुमा पुगेको हो । यस दिन १ सय ३८ कम्पनीको ४ हजार ८ सय ८ पटकको व्यापारबाट ७ लाख २३ हजार ७ सय ४६ कित्ता शेयर किनबेच भएको छ ।

‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ३६ प्रतिशतले बढेको छ । व्यस्तै, जलविद्युत् समूहको परिसूचक २ दशमलव ८६ प्रतिशतले घटेको छ । साथै, बीमा समूहको परिसूचक १ दशमलव ५३ प्रतिशत, बैङ्किङ र उत्पादन तथा प्रशोधनको १ दशमलव ३६ प्रतिशत, वित्त कम्पनीको १ दशमलव १९ प्रतिशत, होटलको १ दशलमव शून्य ७ प्रतिशत र विकास बैङ्कको परिसूचक शून्य दशमलव ९५ प्रतिशतले घटेको हो ।

comments powered by Disqus

Interview+ View All

Article+ View All