Environment

भब्य समारोह आयोजना गरी ललितपुरलाई खुल्ला दिसा मुक्त नगर र पूर्व खोप युक्त नगर घोषणा (फोटो फिचर)

 

ललितपुर, १८ असोज: गत १६ गते, आइतबार ललितपुर उप-महानगरपालिकाले एक भब्य समारोह आयोजना गरी ललितपुर उप-महानगरलाई खुल्ला दिसा मुक्त नगर र पूर्व खोप युक्त नगर घोषणा गरेको छ । उक्त कार्यक्रम ललितपुर उप-महानगरपालिकाको प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेज्यूको अध्यक्षता र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका मन्त्री हितराज पाण्डेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकृत ऋषिराम शमाज्र्यू, स्थानीय विकास अधिकारी हरि दहालज्यू, जिल्ला प्रहरी प्रमुख पिताम्बर अधिकारीज्यू, सांसदहरुज्यू लगायत हजारौँ स्थानीय व्यक्तिहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रम सहित उक्त घोषणा सम्पन्न भयो । ललितपुरलाई सन् २०१६ सम्म खुल्ला दिसा मुक्त जिल्ला बनाऊ अभियान अन्तर्गतमा कार्यक्रम आयोजना गरेको हो ।

Displaying 14449999_10209107751484096_6827714170242007601_n.jpg

Displaying 14469683_10209107755044185_5329110988655541376_n.jpg

ललितपुर उप-महानगरपालिका क्षेत्रमा ६२,८९३ घरधुरी मध्ये ६०५ घरमा आधुनिक शौचालय, २८५ घरमा साधारण शौचालय र १२५ घरमा अस्थायी शौचालय छन् । त्यसैगरी पूर्ण खोपको सन्दर्भमा ९९.९५ बालबालिकाले खोप प्राप्त गरी सकेको र ०.१५ मात्र बाकी रहेको अवस्था छ ।स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखा प्रमुख, खानेपानी तथा सरसफाई मध्यमाञ्चल क्षेत्रिय निर्देशक द्वारा यस कार्यको प्रशंसा गर्दै चाँडै नै जिल्लालाई घोषणा गराउन सहभागिताको निम्ति आग्रह समेत गर्नुभयो । उक्त कार्यक्रममा नगर स्तरीय राजनीतिक दलका प्रतिनिधि श्री बाबुराजा बज्रचार्यज्यू, स्वास्थ्य विभागका प्रतिनिधिज्यू, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखज्यू, राप्रपा नेपाल ललितपुर को अध्यक्षज्यू, माननीय चन्द्र महर्जनज्यूले बोल्नु भएको थियो ।

Displaying 14494621_10209107753404144_6332605274656410505_n.jpg

 

 

Displaying 14502805_10209107751644100_6610913649797590732_n.jpg

 

Displaying 14516423_10209107757324242_649215666482180052_n.jpg

 

Displaying 14563587_10209107754164163_2976786883478389840_n.jpg

 

Displaying 14572224_10209107752804129_8214779721278646813_n.jpg

 

Displaying 14572816_10209107753444145_7012238867378589611_n.jpg

 

 

 

comments powered by Disqus

Interview+ View All

Article+ View All