Infrastructure

‘काठमाडौँ–नौबिसे सुरुङ मार्ग निर्माणमा सहयोग गर्न जापान सरकारसँग आग्रह’

काठमाडौं,१५ भदौ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जापानका विदेश राज्यमन्त्री नोबु किसाइले भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले जापानले गर्दै आएको सहयोगको सरहाना गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले नेपाल संविधान जारी गरेसँगै मुलुक स्थिरता र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै विकास निर्माणमा सघाउन आग्रह गरे । प्रधानमन्त्री दाहालले काठमाडौँ–नौबिसे सुरुङ मार्ग निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसमा जापान सरकारको सहयोगको अपेक्षा गरे । 

जापानका राज्यमन्त्री नोबु किसाइले नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुनःनिर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्रीले अघि बढाउनुभएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने बताए । 

राज्यमन्त्री किसाइले काठमाडौँ नौबिसे सुरुङ मार्ग निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्रीले राखेको प्रस्तावप्रति समर्थन गर्दै जापानको तर्फबाट १८ अर्ब बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराए । 

comments powered by Disqus

Interview+ View All

Article+ View All