Editorial

बायोग्यास जीवनोपयोगी ऊर्जा

ऊर्जा मानवजीवनका निम्ति महत्त्वपूर्ण स्रोत रहेको विषयमा सायदै दुई मत होला । आदिमकालदेखि आधुनिक कालसम्म मानिसले ऊर्जाका विभिन्न स्रोतबाट आफ्ना आवश्यकताहरू पूर्ति गर्दै आएको छ । नेपालमा पनि ऊर्जाका विभिन्न स्रोतहरू जहाा जे सम्भावना छ, त्यसैको उपयोग गरी आपूर्ति हुादै आएको स्थिति छ । कतै बिजुलीबाट, कतै पेट्रोलियम पदार्थबाट, कतै दाउरा, गुइाठा तथा बायोग्यास वा सौर्य ऊर्जाजस्ता स्रोतबाट ऊर्जाको आपूर्ति हुादै आएको छ । वास्तवमा मानवजीवन पद्धतिलाई अगाडि बढाउन अनिवार्यजस्तै रहेको ऊर्जाशक्तिको नेपालमा एकप्रकारले अभाव नै छ । करिब ८० प्रतिशत जनताले परम्परागत ऊर्जाको स्रोत प्रयोग गर्दा पनि नेपालमा विद्युत् तथा पेट्रोलियम पदार्थजस्ता न्यून परिमाणमा प्रयोग हुने ऊर्जाका स्रोतको सधैं अभाव देखिन्छ ।
विद्युत् तथा पेट्रोलियम पदार्थको नेपालमा दीर्घकालीन अभाव रहेको सन्दर्भमा ग्रामीण क्षेत्रमा प्रयोग हुादै आएको परम्परागत ऊर्जा कति स्वच्छ छ ? यसले मानव स्वास्थ्यमा कति असर गरिरहेको छ, वातावरणमा कस्तो प्रभाव परेको छ, भन्नेजस्ता विषयमा हामी सबैले एकपटक गम्भीर भएर विचार गर्नुपर्ने आवश्यकता देखा परेको छ । पेट्रोलियम पदार्थका कारण बढ्दै गएको व्यापार घाटाले देशको आर्थिक अवस्था जर्जर बन्दै गएको तथा परम्परागत ऊर्जाको प्रयोगले वातावरणमा प्रतिकूल असर गर्दै गएको पृष्ठभूमिमा सरल, सुलभ तरिकाबाट स्वच्छ ऊर्जाको विकल्प खोजिनुपर्छ । अहिलेको सन्दर्भमा यस किसिमको स्वच्छ ऊर्जा ‘बायोग्यास’ नै हो ।
बायोग्यासमार्फत खाना पकाउन स्वच्छ इन्धनको आपूर्ति, विद्युतीय आवश्यकता पूरा, गरिबी न्यूनीकरण र जलवायु परिवर्तनमा हुने प्रभाव कम गर्न सकिन्छ । नेपालको अधिकाशं भू–भाग ग्रामीण क्षेत्र भएका र जलविद्युत्को प्रशस्त विकास नभएको सन्दर्भमा नेपाली जनताको आयस्रोत र जीवनशैलीलाई आधार मान्दा स्वच्छ ऊर्जा आपूर्तिका निम्ति बायोग्यास नै उपयुक्त माध्यम हो ।
परम्परागत ऊर्जाका स्रोत दाउरा, गुइांठाको प्रयोगले पर्यावरणीय चक्रमा मात्रै असर गरेको छैन । यसले गृहिणीको स्वास्थ्य र समयलाई पनि नोक्सान पुर्‍याइरहेको छ । अर्कोतर्फ पट्रोलियम पदार्थमा नेपालको परनिर्भरता र यसले देशको अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्नेमात्रै होइन, यसले पनि वातावरणमा असर पुर्‍याउने भएकाले ऊर्जाको आपूर्तिका निम्ति जलविद्युत् वा नवीकरणीय ऊर्जाका अन्य स्रोतको प्रयोग गरिनुपर्छ । तर, जलविद्युत् सानो लगानी र छोटो समयसमा गर्न सकिने क्षेत्र नभएको तथा अहिलेको अवस्थामा नेपालमा प्रशस्त विकासमेत नभइरहेको स्थितिमा नवीकरणीय ऊर्जालाई प्राथमकितामा राख्नु आजको आवश्यकता हो । नवीकरणीय ऊर्जामा पनि बायोग्यास नै किन भन्ने सवालमा माथि नै केही कुरा उल्लेख गरिएको छ । त्यसबाहेक पनि बायोग्यासको प्रयोगले ऊर्जाको आपूर्तिमात्रै होइन, मानव स्वास्थ्य र बायोग्यास प्रयोगकर्ताको आर्थिक स्थितिमा पनि सुधार ल्याउन सकिन्छ । किनकि, स्वच्छ ऊर्जाको प्रयोगले मानव स्वास्थ्यमा अनुकूल सुधार ल्याउाछ नै, साथसाथै बायोग्यास प्लान्ट जडानपश्चात त्यसबाट उत्पादन हुने कम्पोस्ट मलले कृषिउत्पादन पनि बढाउने भएकाले प्रयोगकर्ताको आर्थिक स्तर सुध्रने पनि निश्चितै छ ।
हाल ग्रामीण क्षेत्रमा बढी केन्द्रित बायोग्यास कार्यक्रमलाई अब सहरी क्षेत्रमा पनि यसको प्रचारप्रसार गर्न आवश्यक देखिएको छ । सहरी क्षेत्रमा घरेलु बायोग्यास जडान गर्ने विषयमा सर्वसाधारणलाई जागरुक बनाएको अवस्थामा परनिर्भर हुादै आएको एलपिजी ग्यासको खपतलाई कम गर्न सकिन्छ । यसबाट राज्यको व्यापारलाई घाटा कम गरी अर्थतन्त्रमा सुधार ल्याउनुका साथै सहरी क्षेत्रमा बढ्दै गएको फोहोरको समस्या पनि न्यूनीकरण भई वातावरण सुधार गर्न सकिने भएकाले अब सहरका सचेत नागरिकले त्यसतर्फ किन नसोच्ने ?

comments powered by Disqus

Interview+ View All

Article+ View All