Environment

‘जलवायु परिवर्तनको क्षेत्रमा वैदेशिक सहायता अपरिहार्य’

काठमाडौं, १८ फागुन –

सरोकारवालाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वैदेशिक सहायता अपिरिहार्य रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले पछिल्लो समय जलवायु परिवर्तनको असर बढ्दे गइरहेको भन्दै समयमा नै असर न्यूनिकरणका कार्यक्रम सञ्चालनका लागि वैदेशिक सहायता अपरिहार्य रहेको बताएका हुन् । जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख रामप्रसाद लम्सालले जलवायु परिवर्तनको क्षेत्रमा राष्ट्रिय बजेट कम रहेको भन्दै वैदेशिक साहायता अपरिहार्य रहेको बताए । “जलवायु परिवर्तनका कारण वातावरणीय, सामाजिक तथा आर्थिक क्षेत्रमा नकरात्मक असर परेको छ, समुदायलाई यसको असरसँग जुध्न सक्ने क्षमता बढाउन बजेट आवश्यक पर्छ,” उनले भने, “वैदेशिक सहायता बढाउन सबै क्षेत्रबीच समन्वय गरेर अगाडि बढ्नेछौं ।”

जलवायु वित्तीय शाखा प्रमुख नरेश शर्माले जलवायु परिवर्तनको क्षेत्रमा आएका आर्थिक साहायता स्थानीयस्तरमा पारदर्शी रुपमा कसरी पुर्याउने भन्ने बिषयमा आवश्यक पहल गर्ने  बताए । “जलवायु परिवर्तनको क्षेत्रमा वैदेशिक सहायता बढाउने विषयमा सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य हुनुपर्छ,” उनले भने, “सम्बन्धित निकायबीच समन्वय गर्दै अन्तर्राष्ट्रिय सहजीकरण कायम पहल गर्नेछौं, यसले वैदेशिक सहायता लिन सहयोग गर्नेछ ।”

शर्माले जलवायु परिवर्तनको मुख्य असर पुगेको समुदायलाई यसले निम्ताएका समस्यासँग जुध्नसक्ने क्षमता अभिबृद्धि गरेर वैदेशिक सहायताको सदुपयोग गर्न अपरिहार्य रहेको बताए । उनका अनुसार जलवायु परिवर्तनको नाममा छुट्टाइएका बजेट मध्ये ८० प्रतिशत स्थानिय स्तरमा खर्च गरिएको बताए ।  जलवायु परिवर्तनविद् राजु पण्डित क्षेत्रीले जलवायु परिवर्तनका नाममा सञ्चालित वैदेशिक कोषको रकम नेपाल ल्याउन चौतर्फी पहल गर्न आवश्यक रहेको बताए । “हरित जलवायु कोष, विशेष जलवायु कोष, अनुकूलन कोष, अतिकम विकसित देश (एलडीसी)लगायतका कोषहरु छन्, ” उनले भने, “ नेपालले पनि यी कोषको रकम ल्याउन आवश्यक संयन्त्र बनाएर अघि बढ्न जरुरी छ, क्षमता अभिबृद्धि गर्न आवश्यक छ ।”

स्रोत: कारोबार

 

comments powered by Disqus

Interview+ View All

Article+ View All