Bahas

ऊर्जाको स्रोत छ, समाधान पनि

यदि स्वास्थ्य नै धन हो भन्ने हो भने भने ऊर्जा उत्पादन हाम्रो मुख्य लक्ष्य हुनुपर्छ ।  यदि हामीले सहरी क्षेत्रमा हरेक घरमा ४ किलोवाटबराबरको सोलार सिस्टम जडान ग¥यौं भने २ किलोवाटले त्यो घरलाई पुग्छ र बाँकी २ किलोवाट प्रसारणलाइनमा थपिन्छ भने हामी कति रकम कमाउँछौं होला ?
पूर्णबहादुर परियार
‘पानी बहुमूल्य छ, फारो गरौं’ भन्ने नारा वर्षौंदेखि खानेपानी संस्थानमा देखिँदै आएको छ । हालैमात्र चीनले १४ सय किमि लामो कृत्रिम नदी बनायो र पानी बगाएरै देखायो, नेपालको (पूर्व–पश्चिम) लम्बाइभन्दा करिब दोब्बर लम्बाइ छ यो कृत्रिम नदीको । कतिवटा पुल बनाउनुप¥यो होला, कति संरचना भत्काउनुप¥यो होला तर ऊ सफल भयो, रेकर्ड बनाएरै छाड्यो । हामीकहाँ भने १०० किलोमिटरभन्दा काम दूरीबाट मेलम्चीबाट काठमाडौंसम्म पनि खानेपानी आउन सकेको छैन, चाहिने ठाउँमा पुल बन्न सकेको छैन । हामीलाई पानीले श्राप दिएको अहिलेसम्म पनि महसुस भएको छैन ।
कञ्चन पानी खोलानाला र नदी बनेर हाम्रै अगाडि खेर गइहेको छ, तर पिउन र सिँचाइका लागि पानीको हाहाकार पनि हामीलाई नै छ । यो एकदम गलत हो । त्यो पानी नै हाम्रो सम्पत्ति हो भन्ने हामीले जान्दाजान्दै, स्रोत हुँदाहुँदै अलाप र विलाप गर्नु हाम्रो कमजोरी मात्र होइन र बेइज्जति नै हो । संरचनाका आधारमा जलविद्युत् ऊर्जा परियोजनालाई ४ प्रकारले विभाजन गरिएको छ— बगेको उपलब्ध पानी (रन अफ द रिभर), ठूला बाँधमा सञ्चित पानी (स्टोरेज वा रिजरभाएर), कृत्रिम नियन्त्रित पानी (इनस्ट्रिम) र तानिएको पानी (पम्प्ड स्टोरेज) । अहिलेसम्म मुलुकमा ‘रन अफ द रिभर’ प्रकारका नै धेरै छन् । खोला या नदीमा प्राप्त पानी र बहावका आधारमा विद्युत् उत्पादन हुने गर्छन् । वर्षायाममा पूरा क्षमतामा उत्पादन हुन्छ भने हिउँदमा उपलब्ध पानीले कतिवटा टबाइन घुम्न सक्छ, त्यही अनुपातमा विद्युत् उत्पादन हुने गर्छ । अहिलेको विद्यमान समस्या भनेकै यही हो । हिउँदमा नपुग्ने र वर्षामा खेर जाने डर । चौथो प्रकारको संरचनाको परियोजना बनाएमा हामीलाई खानेपानीको अभाव हुँदैन । वर्षायाममा उत्पादित खेर जाने बिजुलीले पानी तानेर अग्लो ठाउँमा सञ्चय गर्ने र हिउँदमा खोला या नदीमा पानी कम हुँदा त्यही सञ्चित पानी प्रयोग गरी विद्युत् उत्पादन गर्ने प्रणाली हो यो । पानी तानेर बिजुली उत्पादन गर्न नै त खर्चिलो होला, तर त्यो पानीलाई सिँचाइ वा उपचार गरी पिउन र सरसफाइका लागि प्रयोगमा ल्याउन सकिन्छ । त्यति मात्र होइन, उपयुक्त स्थानमा सोलार ऊर्जा केन्द्र स्थापना गरी पानीलाई निश्चित उचाइमा सञ्चय गरी पिउन र सरसफाइका लागि वा सिँचाइका लागि उपयोग गर्न सकिन्छ । खेर जान किन दिने ? बगेको पानी पनि निःशुल्क हो र घामको किरण पनि, हामीचाहिँ किन सिँचाइ र खानेपानीबाट वन्चित हुने ?
तपाईंको बिल घामले तिर्छ
लोडसेडिङले हाम्रो जीवनमा प्रत्यक्ष र नकरात्मक प्रभाव पारेको छ । हाम्रो घरमा लोडसेडिङ छ, यो ढुंगेयुगको कथा हुनुपथ्र्याे तर अफसोच वर्तमानले पिरोलेको छ । आकाशमा घाम छ, बैंकहरूमा पैसा छ, फेरि लोडसेडिङ किन ? हाम्रो बिजुलीको बिल र बैंकको ब्याज घामले तिर्छ भने लोडसेडिङ किन सहने ?
यदि हामीले सहरी क्षेत्रमा हरेक घरमा ४ किलोवाटबराबरको सोलार सिस्टम जडान ग¥यौं भने २ किलोवाटले त्यो घरलाई पुग्छ र बाँकी २ किलोवाट प्रसारणलाइनमा थपिन्छ भने हामी कति रकम कमाउँछौं होला ? ४ किलोवाट ‘रुफटप सोलार सिस्टम’को योजनालाई आधार मानेर सौर्य शक्तिबाट कसरी फाइदा लिन सकिन्छ, एकछिन मन्थन गरौं । ४ किलोवाटका लागि अनुमानित लागतः ५ लाख पर्न जान्छ । यदि तुरुन्त भुक्तानी १० प्रतिशत बाँकी ९० प्रतिशत बैंक ऋण लिँदा पनि त्यो ब्याज घामले तिर्छ भने हाम्रो पनि समस्या समाधान र बैंकहरूको लगानी पनि सुरक्षित हुन्छ भने हामीले अँध्यारो र अभावमा जीवन बिताउनु जरुरी छैन । ४ किलोवाट सिस्टमबाट ५ हजार ७ सय १० युनिट÷प्रतिवर्ष उत्पादन हुन्छ । २ किलोवाट सिस्टमबाट २ हजार ८ सय ५५ युनिट÷प्रतिवर्ष उत्पादन हुन्छ । सोलार प्यानलको प्रभावकारितामा गिरावटको दर प्रतिवर्ष १ प्रतिशत हुन्छ भने २० वर्षमा २० प्रतिशत गिरावट हुन्छ । प्यानलको आयु औसत २० देखि २५ वर्ष भए पनि हामी २० वर्षसम्म काम गर्छ भन्ने मान्यतामा तथ्यांक निकालौं । दैनिक सरदर २ किलोवाट पिक सिस्टमबाट उत्पादित विद्युतीय ऊर्जाले पुग्ने स्थानमा ४ किलोवाट पिक क्षमताको सिस्टम जडान गरिन्छ । २ किलोवाटको खपतले त्यो घरको आवश्यकता पूरा हुन्छ भने अतिरिक्त २ मेगावाट प्रसारणलाइनलाई टेवा पुग्छ । आफ्नो घरमा लोडसेडिङ हुँदैन र राष्ट्रिय प्रसारणलाइनले पनि प्राण पाउँछ । अतिरिक्त ४ किलोवाटले एक वर्षमा उत्पादन गर्ने ५ हजार ७ सय १० युनिटलाई प्रतियुनिट रु. १० मा बिक्री गर्न सक्ने हो भने वार्षिक आम्दानी ५ लाख ७१ हजार रुपैयाँ हुन्छ । रु. ४ लाख ५० हजारको १० प्रतिशत÷प्रतिवर्षका दरले १ वर्षको ब्याज रु. ४५ हजार हुन्छ । यदि ४ किलोवाट क्षमताको रुफटप सौर्य प्लान्टले हाम्रो घरको विद्युत् महसुल निःशुल्क हुन्छ भने हामीले केही गुमाउँदैनौं ।
अब आफैं हिसाब गर्नुस्, तपाईंको घरमा मासिक वा वार्षिक कति युनिट खपत हुन्छ । यदि उत्पादन बढी भयो भने सम्झनुस्, घामले तपाईंको खातामा रकम जम्मा गरिदियो, बराबर भयो भने घामले तपाईंको बिल तिरिदियो । आखिर के हानि हुन्छ हामीलाई, यदि हाम्रो बिल निःशुल्क हुन्छ र हाम्रा घरमा उत्पादन भएको विद्युत् शक्तिले उद्योगधन्दाले प्राण पाउँछन् भने वास्तवमा हामी स्रोत हुँदाहुँदै विश्व मानचित्रमा गरिब जीवन बिताइरहेका छौं ।
पुर्खाले बनाएका घरहरूभन्दा कमजोर व्यवस्थापन छ, अहिलेका घरहरूमा । सिमेन्टले भनेका घरहरूमा भुइँ पनि चिसो र भित्ता पनि चिसो हुन्छ जाडोमा भने गर्मीमा तातो । समाधानको कुरा गर्ने हो भने चिसोका लागि बाक्लो कार्पेट र तातोको लागि पंखा केही धनाढ्य र पाँचतारे होटलहरूमा होला, नत्र हामी हाम्रो चरम गरिबीमा बाँचेका छौं । घरको खास प्रतिष्ठा भनेको त्यसको प्रकार, रंग, आकार, तलाहरू मात्र अवश्य होइनन्, त्यसले हामीलाई घाम र पानीबाट मात्र जोगाउने होइन, न्यानो र शीतल राख्न सक्नुपर्छ । तातो–चिसोको उचित व्यवस्थापन गर्न सक्ने घर नहुँदा स्वास्थ्यमा प्रतिकूल असर परिरहेको चिकित्सकहरूलाई मात्र थाहा होला । युरोप, अमेरिका, मध्यपूर्व, जापान, कोरिया बसेर फर्कनेहरूलाई थाहा होला, त्यहाँको घरहरू स्वर्गबाट भगवान् पृथ्वीमा आएर बनाएका होइनन् ।
हामी फेरि ऊर्जाकै कुरा गर्दै छौं । साँझमा बत्ती बाल्न नपाइरहेको अवस्थामा अतिरिक्त ऊर्जाका लागि कुरा गर्दा ठट्टा होला, तर हामी जहाँ दास वा तेस्रो दर्जाका नागरिक छौं, त्यहाँ सम्भव र हाम्रो मुलुकमा असम्भव भन्नु मुर्खता नै हुन्छ ।
नेपालीको औसत आयु किन कम छ ?
जुन बेला खाडीमा ‘एयर कन्डिसन सिस्टम’ थिएन, त्यतिबेला त्यहाँका मनिसहरूको वर्ण कालो हुने गथ्र्यो । उनीहरूको सरदर आयु पनि हाम्रो मुलुकको भन्दा लामो छ । अहिले बालुवामा अन्डा उसिनिने खालको तापक्रम हुने मुलुकमा मानिसहरू गोरा छन् । छालाको रङ बदलिएको छ । हामीलाई गर्मीमा घामले खान्छ र जाडोमा चिसोले । अनि तातो र चिसोसँग वर्षौं जुधेको शरीरको आयु कसरी लम्बिन सक्छ ? विश्वमा सरदर आयु कम हुने देशहरूमा हामी पर्नुका कारण हाम्रो शरीरले वातावरणीय सुरक्षा नपाउनु पनि हो । घर सुरक्षाका लागि नै बनाइन्छ, तर अफसोच त्यो सुरक्षा छैन, जुन चाहिन्छ । डिजाइन र रंग, अनावश्यक कोठाका संख्या हुन्छन्, तर तातो र चिसोबाट बचाउने प्रविधिमा ध्यान जान सकेको छैन । विभिन्न मुलुकमा घर तताउने प्रणाली फरक–फरक हुन्छन् । जापान, कोरियामा जमिनमुनि पाइप बिछ्याइन्छ र बोइलरबाट आएको तातो पानी दौडाइन्छ । युरोप, अमेरिकामा पेट्रोलियम पदार्थबाट चल्ने रेडियटर भित्तामा जडान गरिएको हुन्छ । जाडो महिना होस् या गर्मी घरबाट निस्केपछि मात्र थाहा हुन्छ, घरभित्रको तापक्रम एउटै हुन्छ । त्यो सबै प्रणाली नेपालमा घामबाट गर्न सकिन्छ र घामले बिल पठाउँदैन । आजकाल नेपालीहरू पनि विभिन्न मुलुकमा यत्रतत्र छरिएर बसेका छन् । त्यो मुलुकमा घरभाडाले सबैभन्दा आम्दानी सोस्ने गर्छ, कारण त्यहाँ सबै सुविधा छ । अर्को शब्दमा भन्ने हो भने, हामीलाई चाहिने सुविधाअनुसारका घरका भाडा हुन्छन् । जीवनशैलीअनुसार नै खर्च हुने गरेको हो । विकसित देशमा बस्ने जो–कोहीले धेरैभन्दा धेरै परिश्रम, मेहनत गरिरहेका हुन्छन् तर आफ्नो निवासमा भएको सुरक्षित वातावरणले नै उनीहरूलाई जवान देखाएको हुन्छ । यदि स्वास्थ्य नै धन हो भन्ने हो भने ऊर्जा उत्पादन हाम्रो मुख्य लक्ष्य हुनुपर्छ ।
अन्त्यमा, जब हाम्रो ऊर्जाको आवश्यकताको स्रोत नै निःशुल्क छ भने हाम्रो समाधान हामीसँगै छ । एक पटक सोलार सिस्टम जोडेपछि २५ वर्षको विद्युत् महसुल मिनाहा हुन्छ भने डिजेल र पेट्रोल जेनेरेटर खरिद गरी धूवाँमा पैसा उडाउन उचित होला ? घामको स्रोतले नै हामीलाई तातो र चिसो दुवैबाट जोगाउँछ भने महँगो र दुर्लभ पेट्रोलियम पदार्थमा किन पैसा बगाउने ?
जुनसुकै नवीकरणीय स्रोतबाट विद्युत् उत्पादन भए पनि खेर नजाने र प्रयोगकर्तालाई महँगो नपर्ने गरी ऊर्जा उत्पादनमा जोड दिनु नै अहिलेको आवश्यता हो ।
(परियार नवीकरणीय ऊर्जा विज्ञ हुन् ।)

 

comments powered by Disqus

Interview+ View All

Article+ View All