संस्था परिचय

धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (DCRDC) बागलुङ क्षेत्रीय सेवा केन्द्र

धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (DCRDC) बागलुङ समुदायमा आधारित नाफारहित, जातिरहित, राजनीतिक हस्तक्षेपरहित एक गैरसरकारी सामाजिक संस्था हो । यसको स्थापना स्वस्थ समतामूलक न्यायोचित समाजको स्थापनार्थ सामाजिक आन्दोलनलाई सही दिशा प्रदान गर्ने उद्देश्यले सामाजिक संघसंस्था दर्ता ऐन २०३४ अनुसार २०५२ कार्तिकमा स्थापना भएकोे हो । विकासमा छेउ लागेका उपेक्षित, विपन्न वर्ग एवम् महिलाको चेतना अभिवृद्धि गर्दै सशक्तिकरण र आयआर्जनमार्फत जीवनस्तरमा सुधार ल्याउनु यस संस्थाको प्रमुख ध्येय रहेको छ ।


यस संस्थाले आफ्नो स्थापना कालदेखि हालसम्मकोे अवधिमा संस्थाका घोषित परिकल्पना, उद्देश्यहरु, मूल्यमान्यता एवम् प्रतिबद्धता अनुरुप समुदायको माग र आवश्यकताअनुसार समुदायकै प्रत्यक्ष सहभागितामा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय दातृ निकायहरुको आर्थिक तथा प्राविधिक सहयोग एवम् विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्थाहरुसं“गको समन्वय एवम् सहकार्यमा स्थानीय साधन, स्रोत एवम् प्रविधिलाई अधिकतम् परिचालन गर्दै पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पर्ने बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, कास्की, स्याङ्जा, तनहु“, गुल्मी, अर्घाखा“ची, पाल्पा, रुपन्देही, कपिलवस्तु र मध्यपश्चिमाञ्चलको रुकुम जिल्लामा विभिन्न ५५ वटा सामुदायिक विकासका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी सकेको छ । जसबाट यस संस्थाले ग्रामीण क्षेत्रका विपन्न तथा सेवा सुविधाको पहु“ंचबाट टाढा रहेका समुदाय तथा दातृ निकायहरुको विश्वास जित्न सफल भई पश्चिमाञ्चलको एक अग्रणी गैरसरकारी संस्थाको रुपमा परिचीत भई निरन्तर रुपमा सामुदायिक विकासमा लागि पर्दै आइरहेको छ ।


सामुदायिक विद्युतीकरण कार्यक्रम

संस्थाले विगत १४ वर्षदेखि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र÷राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमंको आर्थिक सहयोगमा देशको ग्रामीण क्षेत्रमा रहेका स्रोतहरुको पहिचान गरी समुदायको प्रत्यक्ष सहभागितामा लघु जलविद्युत् आयोजनाहरुको निर्माण गरी ग्रामीण क्षेत्रका समुदायमा विद्युत् सेवा पु¥याई समुदायको आयआर्जन वृद्धि तथा वातावरण संरक्षण गर्दै गरिबी न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, गुल्मी, स्याङ्जा र पाल्पा जिल्लामा क्षेत्रीय सेवा केन्द्रको रुपमा रही सामुदायिक विद्युतीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


हालसम्म ५९ वटा लघु जलविद्युत् आयोजना सम्पन्न भई १८११.५  किलोवाट विद्युत् उत्पादन भएको छ । जसबाट ग्रामीण भेगका १५७०१ घरधूरी विद्युत् सेवावाट लाभांन्वित भएका छन् । यसका साथै बालबालिकाको पढाइमा सहजता ल्याउनुको साथै स्वास्थ्यमा सुधार भएको छ । साथै ग्रामीण वस्तीहरुमा कुटानी, पिसानी, फर्निचर उद्योग, कुखुरापालन, कम्प्यूटर, होटल, मोबाइल टावर, ब्युटीपार्लर, फ्रेस हाउस, बेकरी, अफसेट प्रेस, फ्याक्स, फोटोकपि, छपाई, मेसिन, टेलिफोन, मोबाइल, इन्टरनेट, साइवर तथा चलचित्र हाइभिजन हल आदि गरी हालसम्म ४८२ उद्योग व्यवसाय सञ्चालन भई ९०५ जनाले प्रत्यक्ष रोजगारीको अवसर पाएकाले उनीहरुको जीवनस्तरमा सुधार भएको छ । यसका साथै आगामी वर्षका लागि बिभिन्न १३ वटा निर्माणाधीन अवस्थामा रहेका साना तथा लघु जलविद्युत् सम्पन्न गरी ८१० किलोवाट विद्युत् उत्पादन भइ ५७१ घरधूरी लाभांन्वित हुने लक्ष्य रहेको छ । साथै १४ वटा आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भएको जसबाट १३०२.५ किलो विद्युत् उत्पादन भई जम्मा ३२५९ घरधुरी विद्युत् सेबाबाट लाभांन्वित हुनेछन् ।

सुधारिएको पानी घट्ट कार्यक्रम

संस्थाले वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्र÷राष्ट्रिय ग्रामीण तथा नवीकरणिय ऊर्जा कार्यक्रमको आर्थिक सहयोगमा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, स्याङ्जा, पाल्पा र गुल्मी जिल्लामा विभिन्न चार वटा स्थानीय साझेदार संस्थामार्फत सुधारिएको घट्ट कार्यक्रम प्रवद्र्घन तथा विस्तार हु“दै आएको छ । यस सुधारिएको पानी घट्टले कुटानी, पिसानी, पेलानी, चिरानी तथा विद्युत् नपुगेको ठाउँमा ५ किलोवाटसम्म बिजुली निकाल्न पनि सकिन्छ । यस कार्यक्रमले गर्दा परम्परागत घट्टमा प्रयोग हुने काठलाई विस्थापित गर्दै वन जंगल जोगाएको छ र यसले वातावरण सुधारमा पनि सहयोग पु¥याएको देखिन्छ । यस प्रविधिबाट कम समयमा धेरै अन्न पिस्ने हुनाले मुख्य गरी महिलाको कार्यबोझमा कमी, रोजगारीको सिर्जना अन्य आयआजर्नमा वृद्घि भएको छ । पहिलो चरणअन्तर्गत ३८ वटा र यस वर्ष ५५ वटा गरी जम्मा ९३ वटा परम्परागत घट्टलाई सुधार गरी जडान भएका घट्टहरुको प्राविधिक अनुगमन सम्पन्न भएकोछ । यस कार्यक्रम अन्तर्गत छनोट भएका स्थानीय साझेदार संस्था निम्नाअनुसार रहेको छ ।




comments powered by Disqus

Interview+ View All

Article+ View All