संस्था परिचय

नवीकरणीय ऊर्जाको विकासमा सगरमाथा सामुदायिक विकास केन्द्र

मोरङको विराटनगर उपमहानगरपालिकास्थित सगरमाथा सामुदायिक विकास केन्द्र वि.सं. २०५४ सालमा स्थापना भई विभिन्न विकासे कार्यक्रमलाई जिल्ला तथा क्षेत्रीयस्तरमा सञ्चालन गर्दै आएको छ । यस संस्थाले सुशासन, स्वास्थ्य, वातावरण सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस संस्थाले अगस्ट २०१३ देखि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमको क्षेत्रीय सेवा केन्द्रको रुपमा कार्य गर्ने अवसर प्राप्त गरेको छ । यस संस्थाले क्षेत्रीय सेवा केन्द्रअन्तर्गत रही नेपालका पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रका मोरङ, सुनसरी, झापा, खोटाङ, सप्तरी, उदयपुर, सिराहा र धनुषा जिल्लामा बायोमास, सामुदायिक विद्युतीकरण, सोलारलगायत क्षेत्रमा कार्य गरिरहेको छ ।साथै माथि उल्लेखित नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्दै विद्युतशक्तिको प्रयोगबाट उत्पादनमूलक व्यावसायिक क्रियाकलाप गरी ग्रामीण क्षेत्रमा रहेका मानिसको जीवनस्तर उकास्नुपर्ने मुख्य अभिभारा रहेको छ । यस कार्यक्रममा संस्थागत विकास, अनुगमन तथा गुणात्मक निश्चिन्तता, कार्बन तथा जलवायु र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जस्ता मुद्दालाई सम्बोधन गर्दे देशको सर्वाङ्गिण विकासमा सहयोग पु¥याउने छ ।

यस संस्थाको उद्देश्य निम्नानुसार रहेका छन्
ड्ड    समुदायहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्नु
ड्ड    समुदायमा स्वास्थ्य, स्वच्छ खानेपानी, सरसफाईको उपलब्धता सुनिश्चितता गर्दै जीवनको गुणस्तर सुधार गर्न सहयोेग गर्नु
ड्ड    लोपोन्मुख समुदाय, महिला, दलित, जनजाती र पछाडि परेका समुदायहरुको सामाजिक तथा आर्थिक जीवनस्तरलाई दिगो जीविकोपार्जनका कार्यक्रहरुद्वारा माथि उकास्न सहयोग गर्नु
ड्ड    क्रसकटिङ मुद्दाहरु जस्तै एचआइभी÷एड्स, लागूपदार्थ दुव्र्यसनी, मानवअधिकार,  लैङ्गिक तथा महिला अधिकार आदिबारे स्थानीय स्तरमा जनचेतना जगाउने
ड्ड    लक्षितवर्ग तथा समुदायलाई सीपविकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गर्नु
ड्ड    स्थानीयको सहभागितामा नवीकरणीय ऊर्जाको प्रवद्र्धन तथा वातावरणमैत्री उपायमार्फत प्राकृतिक स्रोतको संरक्षण गर्नु

साना तथा लघु जलविद्युतको उपलब्धि तथा विकासको सम्भावना
पूर्वाञ्चल विकास क्षेत्रको १५९१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खोटाङ जिल्लामा ७६ वटा गाविस छन् । सन् २०११ सालको जनगणनाअनुसार यस जिल्लामा ४२,६६४ घरधुरी र २०६३१२ जनसंख्या रहेको छ । जसमध्ये नेपाल विद्युत् प्राधिकरणबाट ७,४९५ घरधुरी, जिल्ला विकास समिति ÷ जिल्ला ऊर्जा तथा वातावरण इकाइ, खोटाङबाट पाँचवटा लघु जलविद्युत् सम्पन्न भई ९२ किलोवाट विद्युत् उत्पादन भई ११४५ घरधुरी, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम र राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमबाट १२ वटा लघु जलविद्युत तथा १५ वटा पिको हाइड्रोबाट ५६३ किलोवाट विद्युत् उत्पादन भई ५५३१ घरधुरी, सौर्य ऊर्जा प्रणालीबाट ६३५३ घरधुरी गरी जम्मा २०५२४ घरधुरीमा विद्युतीकरण भएको छ भने अझै २२१४० घरधुरीमा विद्युतीकरण हुन बा“की छ । यस जिल्लाको मुख्य नदीहरु दुधकोसी, रावा खोला, ताप खोला, लिदिङ खोला, साप्सुखोलालगायतका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा खोटाङ जिल्लामा सम्पन्न आयोजना
क्र. सं.    आयोजनाको नाम    ठेगाना    क्षमता (कि.वा.)    लाभांन्वित घरधुरी
१    लिदिङखोला     राखा–१    ९०    ७८५
२    सुङखोला     दिप्सुङ–२    १५    १८२
३    तावा खोला दोस्रो    मात्तिम–६    १९    १६९
४    तावा खोला    खिदिमा    १७    २४८
५    नव लिदिङखोला    राखा वाङदेल    ७०    ५९८
६    सिन्दुरे ढुंगा लिदिङखोला    वाकाचोल    ७०    ६०२
७    स्वाराताप खोला     फेदी     ३०    २५५
८    पञ्चमी छमुवा खोला    फेदी    ३१    ३२७
९    नोकती तापखोला    फेदी    ४०    ३४०
१०    लुम्झुखोला    जालपा    १९    १८५
११    नाखम खोला    पाथेका    ६०    ५६५
१२    चेर्खेखोला    सुङदेल–३    ५०    ४८३ (आ.व. २०७०÷७१मा सम्पन्न)
१३    रचेवा खोला    वाप्लुखा–६    ४    ३७
१४    धाचालुङ खोला    चिप्रिङ्ग–९    १.५    ३०
१५    श्री खे–दाप्चा खोला    बडकादियाले–८    १.५    ३५
१६    दिलुङ खोला    वाप्लुखा–८    ३    ४२
१७    दिलुङ्ग खोला    वाप्लुखा–८ र ९    ५    ६५
१८    देखुङ खोला    खार्मी–६    २    ३८
१९    अधेरी खोला     लिकुवापोखरी–४    ५    ७५(आ.व. २०७०÷७१मा सम्पन्न)
२०    देवी खोला    वाप्लुखा–१    ३    ४४(आ.व. २०७०÷७१मा सम्पन्न)
२१    गोपी खोला    तेम्मा–४    ३    ३३(आ.व. २०७०÷७१मा सम्पन्न)
२२    लिकुवाखोला    लिकुवापोखरी–२    ५    ६३(आ.व. २०७०÷७१मा सम्पन्न)
२३    लहचे खोला    बडकादियाले–२    ३    ४६(आ.व. २०७०÷७१मा सम्पन्न)
२४    लुम खोला    बाप्लुखा –४    ३    ४६(आ.व. २०७०÷७१मा सम्पन्न)
२५    तावा खोला    तेम्मा –९    ५    १११ (आ.व. २०७०÷७१मा सम्पन्न)
२६    धिप्लुङ्गखोला    तेम्मा–४    ३    ४५(आ.व. २०७०÷७१मा सम्पन्न)
२७    सावा खोला    सावा कटहरे–७    ५    ८२(आ.व. २०७०÷७१मा सम्पन्न)
२८    रुमरुमुवा खोला    काहुले    ११    १२०
२९    नर्खुवा खोला    सावाकटहरे    ३१    ३१२
३०    छिमवाखोला    काहुले    १३    १८८
३१    वुवाखोला    डम्बरर्खुशिवालय    १८    २७४
३२    वुवाखोला दोश्रो    वोपुङ    १९    २५१
        जम्मा    ६५५    ६६७६

पूर्वाञ्चल विकास क्षेत्रको २३०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उदयपुर जिल्लामा एक नगरपालिका र ४४  वटा गाविस रहेका छन् । यस जिल्लामा सन् २०११ को जनगणना अनुसार ६६,५५७ घरधुरी रहेको र ३१७५३२ जनसंख्या रहेको छ । यस जिल्लामा नेपाल विद्युत् प्राधिकरणबाट १९६६१ घरधुरी, जिल्ला ऊर्जा तथा वातावरण इकाइ, उदयपुरबाट ४ वटा लघु जलविद्युत्बाट ६५ किलोवाट विद्युत् उत्पादन भई ६५८ घरधुरी, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम र राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमबाट ३ वटा लघु जलविद्युत् तथा २ वटा पिको हाइड्रोबाट ८२.२ किलोवाट विद्युत् उत्पादन भई ७७७ घरधुरी र घरेलु सौर्य ऊर्जा प्रविधिबाट ९९९५ घरधुरी गरी ३१०९१ घरधुरीमा विद्युतकरण भएको छ भने ३५४४६ घरधुरीमा विद्युतीकरण हुन अझै बा“की छ । उदयपुर जिल्लाको मुख्य नदीहरु सुनकोसी, तावा खोला, त्रियुगा नदीलगायतका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा उदयपुर जिल्लामा सम्पन्न आयोजना
क्र. सं.    आयोजनाको नाम    ठेगाना    क्षमता (कि.वा.)    लाभांन्वित घरधुरी
१    राकुला खोला     ठानागाउ“–५    २५    २५०(आ.व. २०७०÷७१मा सम्पन्न)
२    खरी खोला    भुटार–३    ७.५    ८१
३    हाडी खोला    पोखरी    १६.७    १५६
४    हुल्मा खोला    पोखरी    २३    १७०
५    आहालेखर्क    सिरिसे    ५    ६७
६    रसुवा खोला    राउटा–१    ५    ५३
६    यारीखोला     रुपाटार    २३    २३०
७    नागदह खोला    हर्देनी    १७    १७०
८    वैद्यनाथ खोला    भलायाडा“डा    १५    १५१
९    खारीखोला    भुटार    १०    १०७
        जम्मा    १४७.२    १४३५

राष्टिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत सगरमाथा सामुदायिक विकास केन्द्रको सहजीकरणमा कार्यक्रम सञ्चालन भएका उदयपुर र खोटाङ जिल्लामा नवीकरणीय ऊर्जासम्बन्धी विश्लेषण तलको तालिकामा उल्लेख गरिएको छ ।
निर्माणाधीन साना तथा लघु जलविद्युत् आयोजनाहरुको विवरण
क्र.सं.    आयोजनाको नाम    ठेगाना    क्षमता (कि.वा.)    लाभांन्वित घरधुरी    अवस्था
१    ताप खोला साना जलविद्युत्    सप्तेश्वर–७, खोटाङ    ३०३    २९११    
२    ताप खोला दोस्रो लघु जलविद्युत्    खार्ताम्छा–७, खोटाङ    ६९    ५७५    
३    साप्सुखोला लघु जलविद्युत्    निर्मलीडा“डा, खोटाङ    ११    १०५    
        जम्मा    ३८३    ३५९१    
शर्तीय अनुदान स्वीकृत आयोजनाहरु
१    राकुलीखोला लघु जलविद्युत    बास्बोटे–६, उदयपुर    ४५    ४४५    
२    रावा खोला लघु जलविद्युत    बाक्सिला–१, खोटाङ    १००    ९७२    
३    वैद्यनाथखोला (प्रथम) लघु जलविद्युत    पञ्चावटी–३, उदयपुर    १३    १३३    
४    वैद्यनाथखोला (दोश्रो) लघु जलविद्युत    भलायाडाडा–५, उदयपुर    ११    १५६    
        जम्मा    १६९    १७०६    
पाइपलाइनमा रहेका आयोजनाहरुको विवरण
१    नुनेखुखोला लघु जलविद्युत्    ओख्ले, उदयपुर    १५    १४२    विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न
२    यारी खोला लघु जलविद्युत्    रुपाटार, उदयपुर    २६    २४८    विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न
३    दोभाने खोला लघु जलविद्युत्    चिसापानी, खोटाङ    ११    १६१    विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न
४    तुवा खोला लघु जलविद्युत्    इन्द्रणी पोखरी, खोटाङ    २२    १४६    विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न
५    रुवा खोला लघु जलविद्युत    देवीस्थान, खोटाङ    १२    २११    विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न
६    खारी खोला लघु जलविद्युत    भुटार, उदयपुर    १४    २१४    विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न
७    यारी खोला लघु जलविद्युत्    ओख्ले, उदयपुर    २२    ११५    कार्पेट सर्भे सम्पन्न
८    यारी खोला दोस्रो लघु जलविद्युत्    इनामे, उदयपुर    ३६    २००    कार्पेट सर्भे सम्पन्न
९    साइपा खोला लघु जलविद्युत्    बर्रे, उदयपुर    १८    ९६    कार्पेट सर्भे सम्पन्न
१०    अधेरी खोला लघु जलविद्युत्    खाबु, उदयपुर    १३    १२५    कार्पेट सर्भे सम्पन्न
११    ढोडनी खोला लघु जलविद्युत्    मयाङखु, उदयपुर    ३७    १४५    कार्पेट सर्भे सम्पन्न
१२    सोरुङ्ग खोला लघु जलविद्युत्    सोरुङ्ग, उदयपुर    ३०    २६०    कार्पेट सर्भे सम्पन्न
१३    लाफाखोला लघु जलविद्युत्    बबला, उदयपुर    १६    १५०    कार्पेट सर्भे सम्पन्न
१४    सङखुवाखोला लघु जलविद्युत्    मैनामैनी, उदयपुर    ११    ११५    कार्पेट सर्भे सम्पन्न
१५    रुपुवा खोला लघु जलविद्युत्    चिहानडाडा, खोटाङ    ४०    २५५    कार्पेट सर्भे सम्पन्न
१६    साप्सुखोला लघु जलविद्युत्    निर्मलीडाडा, खोटाङ    ४४    ४४८    कार्पेट सर्भे सम्पन्न
१७    वालिङखोला लघु जलविद्युत्    बोपुङ, खोटाङ    १८    १३५    कार्पेट सर्भे सम्पन्न
१८    तावा खोला लघु जलविद्युत्    छिटापोखरी, खोटाङ    ३०    ३००    कार्पेट सर्भे सम्पन्न
            ४१५    ३४६६    

२ वटा जिल्लाहरुमा ३८३ किलोवाट क्षमताबराबरका आयोजनाहरु राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत यस केन्द्रको सहजीकरणमा निर्माणाधीन अवस्थामा रहेका छन् । सन् २०११ को जनगणनाअनुसार २ जिल्लाहरुमा १०९२२१ घरधुरी रहेकोमा अझै ५७६०६ घरधुरीमा विद्युतीकरण हुन बा“की  छ । तसर्थ यी जिल्लामा नवीकरणीय ऊर्जा प्रविधिका माध्यमबाट विद्युतीकरण गर्न जरुरी देखिन्छ । विद्युत् सेवा नपुगेका ग्रामीण क्षेत्रबाट लघु जलविद्युत्को माग अझै पनि प्रशस्त आइरहेको साथै सम्भावना पनि रहेको हुनाले यस केन्द्रले समुदायको मागलाई ध्यानमा राखी सम्भाव्य क्षेत्रमा पूर्व सम्भाव्यता अध्ययन गर्ने, विस्तृत सर्भेक्षण गर्न सहजीकरण गर्ने तथा आयोजन सम्पन्न गर्न सहजीकरण गर्दै आएको छ । यस केन्द्रले लघु जलविद्युत्लाई मात्र प्राथमिकता नदिइ अबका दिनमा सम्भावना रहेका स्थानमा साना जलविद्युत्को समेत विस्तार गर्न सहजीकरण गर्नेछ ।
सम्भावना रहेका स्थानमा समेत हालसम्म लघु जलविद्युत् मिनी ग्रीड एकीकृत प्रणालीमा आबद्ध गर्नेतर्फ उल्लेखनीय प्रगति हुन सकिरहेको छैन । मिनी ग्रिड प्रणाली सम्भावना बोकेको स्थानमा यो प्रणालीलाई लागू गरी सञ्चालनमा ल्याउ“दा मझौला प्रकारका उद्योगधन्दा स्थानीयस्तरमै सञ्चालन गर्न सकिने प्रशस्तै सम्भावना रहको देखिन्छ जसले गर्दा स्थानीय मानिसको आयआर्जनमा वृद्धि हुने देखिन्छ । साथै यसबाट कुनै एक लघु जलविद्युत्मा समस्या देखिएमा अरुबाट विद्युत् वितरण कार्य निरन्तर दिन सकिने र यस्तो एकीकृत विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा ग्रीड कनेक्सन गर्न सकिएमा हालको विद्युत् संकट कम गर्न टेवा पुग्ने देखिन्छ ।
ग्रामीण क्षेत्रमा स्थानीयस्तरमै सञ्चालन भएका कुटानी पिसानी उद्योगबाट अधिकांश महिलाको श्रम र समय बचत भई अन्य आयमुलक कार्यमा लगाउँदा केही हदसम्म भए पनि ग्रामीण क्षेत्रमा आयआर्जनमा सुधार आएको छ । साथै उद्योग सञ्चालन गर्ने स्थानीयको आयआर्जनमा समेत वृद्धि भएको देखिन्छ ।
लघुजलविद्युत् निर्माणस“ंगै यस्ता आयोजनाको स्थायीत्वका निम्ति योजना निर्माण गर्नेतर्फ पनि उत्तिकै ध्यान जान आवश्यक छ । साथै यस्ता आयोजनाका मर्मत सम्भारका लागि कमसेकम जिल्लास्तरमा मर्मत सम्भार वर्कसप खडा गराउन सकेमा कम्पनीसम्म पुग्ने खर्च जोगिन सक्नेछ । प्राकृतिक विपत्ति र प्रकोपबाट यस्ता आयोजनामा पर्ने क्षतिको पनि सम्भावना रहेको ह“ुदा आयोजनाको बीमा हुन आवश्यक छ । जसका लागि समुदाय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र सरोकारवाला निकायको ध्यान जानुपर्ने आवश्यकता टड्कारो रुपमा खटकिएको छ । लघु तथा साना जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रियागत व्यवधानलाई सरलीकृत गर्दै लैजान सकेमा छोटो समयमै यस्ता आयोजना सम्पन्न गरी समुदायलाई यस्ता विकासको पूर्वाधारमाथि पहुँच पु¥याउन सघाउनेछ । यद्यपि, आयोजनाको अनुगमन तथा गुणस्तरलाई भने कायम राख्नका लागि आवश्यक मापदण्ड निर्माण तथा त्यसको कार्यान्वयनलाई पनि जोड दिनुपर्दछ । यस्ता आयोजनाहरु स्थानीयस्तरमै निर्माण गरी स्थानीयलाई नै सेवा पु¥याउने तथा ग्रामीण क्षेत्रको विकासका लागि सहयोग पु¥याउने आयोजना भएको हुनाले स्थानीय निकायलाई पनि केही हदसम्म जवाफदेही बनाउनका लागि आवश्यक नीति निर्माण गर्नेतर्फ ध्यान जानु आवश्यक देखिन्छ । अधिकांश आयोजनाका उपभोक्ता गरीब तथा अतिगरीब भएका हु“दा आयोजना निर्माणका लागि आवश्यक समुदायको लगानी जुटाउन कठिन हुने गर्दछ । तसर्थ, सम्बन्धित निकायले यस्ता समुदायको लागि सरल तथा सस्तो ब्याजदरमा ऋणको व्यवस्था गरिदिनु साथै नीतिगत रुपमै धितो छुटको व्यवस्थालाई कायम गराउन आवश्यक छ । अर्काेतर्फ यस्ता आयोजनामा स्वदेशी लगानीकर्ताको ध्यान आकृष्ट गरी लगानी गर्ने वातावरण सिर्जना गर्न सकेमा आयोजना सम्पन्न गर्न निकै टेवा पुग्ने देखिन्छ ।

चुणामणि घिमिरे (टोली प्रमुख)
मनिष गुरुङ (मिनी ग्रिड इन्जिनियर)
सगरमाथा सामुदायिक विकास केन्द्र
क्षेत्रीय सेवा केन्द्र
विराटनगर–१, मोरङ
फोन नं.– ०२१–४६३८३५


comments powered by Disqus

Interview+ View All

Article+ View All