Environment

सुनकोसी ताल फुट्यो

सुनकोसी ताल फुट्यो (फोटो फिचर)

काठमाडौं-सिन्धुपाल्चोकको कान्ले चट्टानी पहिरोले थुनेर बनेको कृतिम सुनकोसी ताल आज विहान अकस्मात फुटेको छ। ३७ दिन अघि तीन गाउँ सुनकोसीमा विलय गराउँदै १ सय ५७ जनाको ज्यान जाने गरी गएको पहिरोले सुनकोसी थुन्दा ताल बनेको थियो। ताल फुटेपछि तालको सतह १८ मिटर घटेको छ।

DSC02055 

नेपाली सेनाको टोलीले सुरु देखि २० फुट विष्फोटक पदार्थ, ड्रिल मेसिन र स्काभेटर प्रयोग गरी ताल घटाउन अथक प्रयास गरिरहेका बेला विहान ३-४ बजेको समयमा ताल फुटेको हो। 'ताल फुट्यो झण्डै १५ मिटर गहिरिएको छ' ताल खुलाउन क्रियासिल एक सैनिक अधिकारीले भने ति अधिकारीका अनुसार तल्लो तटीय क्षेत्रमा कुनै मानविय क्षति पगेको छैन।' तर पार्किङ गरिएका केहि मोटरसाइकल र नदि छेउको एक बंगुर फर्म बगेको छ।
DSC02075
ताल फुटेसँगै माथिल्लो तटीय क्षेत्रमा डुवानमा परेका घरहरु देखिएका छन्। डुवानमा परेका राम्चेका १९ र धुस्कुन स्थित सानिमा हाइड्रो पावरको उत्पादन गृह देखिएको छ। साउन १७ गते नदी थुनिदा करिव ४८ मिटर उचाइ लिँदै २ सय २७ मिटर लामो ताल औसतमा ४ सय मिटर चौडाई लिँदा १ करोड घनमिटर पानि जमेको थियो।
DSC02076
सेनाले ताल थुनिएपछि बनाएको दोस्रो मुखबाट ताल फुटेको हो। विस्फोटक पदार्थ र स्काभेटरले समेत काम नगरेपछि केहि साता यता कफड ड्याम प्रविधि अपनाउँदै आएको थियो। तालको मुखलाई अस्थारुपमा थुन्दै ह्वात्तै खोल्ने प्रविधिलाई कफर ड्याम प्रविधि भनिन्छ। सेनाले केहि दिन अघिमात्र पहिलो कफर ड्याम खोल्दा ताल सतह ३ मिटर घटेको थियो। सेनाले पहिलो मुख थुनेर दोस्रो ड्याम बनाउँदै थियो। तलाउ घटेसँगै डुवानमा परेको अरनिको राजमार्ग देखिन थालेको छ। देखिएको राजमार्गको डिल खसिरहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका इनिस्पेक्टर जयस्वर रिमालले बताए।
DSC02089
 
DSC02093
 
gold bars
 
Himal
 
 
SOURCE: NAGARIK

 

comments powered by Disqus

Interview+ View All

Article+ View All