Environment

७ करोड डलरका तीन आयोजना आए

काठमाडौ, भाद्र १९ - विपतबाट हुने क्षति न्यूनकरण गर्न अमेरिकी नियोग (यूएसएआडी) ले ७ करोड डलरका तीन वटा नयाँ कार्यक्रम घोषणा गरेको छ । यि कार्यक्रम बाढी, भुकम्प, जलवायु परिवर्तन, महामारी लगायतबाट हुने क्षति न्यूनीकरण गर्न केन्द्रित हुनेछन । बुधबार राजधानीमा आयोजित रिजिलियन्स सम्वन्धी शिखर बैठकले समुदायमा आधारित यी कार्यक्रम घोषणा गरेको हो । रिजिलियन्स भनेको जोखिम बहन गर्नसक्ने क्षमता हो ।

यी कार्यक्रम घोषणा गर्दै अमेरिकी राजदुत पिटर बोडेले प्राकृतिक विपद तथा अन्य तनावहरुमा परेका विपन्न र गरिब समुदायलाई चाडो भन्दा चाडो सामान्य स्थितिमा फर्काउन रिजिलियन्स कार्यक्रमले सघाउने बताए । नियोगले मानवीय सहायतासँग सम्वन्धित यस कार्यक्रमबाट समाबेशी आर्थिक वृद्धि निर्माण गर्न र जीवनस्तर सुधार्न टेवा पुग्ने लक्ष्य राखेको छ । नियोगले ७ करोड डलरको कार्यक्रमलाई तीन वटा परियोजनामा विभाजन गरेको छ । विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलनमा परेका पहाडी क्षेत्रका करिब ५० लाख मानिसहरुलाई लाभ दिइने पहिलो परियोजनाको लक्ष्य छ ।

दोस्रो परियोजनाले पूर्वी नेपालमा बाढीको सूचना प्राप्त गर्ने उपकरण जडान गरिनेछ । यसका लागि ५ लाख डलरको परियोजना छ । यस परियोजनाले बाढीको जोखिममा रहेका नदीहरुमा मापन यन्त्रहरु जडान गर्नेछ । त्यहाँबाट प्राप्त जानकारी ईमेल र एसएमएसमार्फत जिल्लामा रहेका निकायहरुलाई दिइनेछ ।

तेस्रो परियोजनाले मध्य र सुदुरपश्चिममा दीगो खाद्य सुरक्षा निर्माणका लागि १ लाखको प्रविधिमा आधारित प्रतियोगिता संचालन गर्नेछ । रिजिलियन्स कार्यक्रम घोषणा गुर्नअघि खाद्य शुरक्षा, जलवायु परिवर्तनबाट आघात खेपिरहेका समुदायबारे योजना आयोगका उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधी जामी म्याकगोल्डरीक, अमेरिकी नियोग मिसनका निर्देशक बेथ डनर्फड, सभासद गगन थापा, सुहारा कार्यक्रमकी निमित्त प्रमुख पूजा पाण्डे लगायतले चुनौति र मुद्दाबारे धारणा राखेका थिए ।

 

स्रोत: कान्तिपुर

comments powered by Disqus

Interview+ View All

Article+ View All