News

लोडशेडिङ घटेसँगै इन्भर्टर र ब्याट्रीको व्यापारमा कमी

    स्पर्श ब्याट्री एण्ड टोनर हाउस बुटवलका सञ्चालक ओमप्रकाश दाहालले विगतका वर्षमा गर्मीयाममा दैनिक पाँच ओटासम्म इन्भर्टर र ब्याट्री विक्री गर्थे । उनको पसलबाट सोलार ब्याट्री, स्टेपलाइजर, अनलाइन यूपीएस पनि उत्तिकै विक्री हुन्थ्यो । तर, यो वर्ष दाहाललाई सातामा चारओटा इन्भर्टर विक्री गर्न पनि मुस्किल पर्न थालेको छ । कारण हो–घट्दो लोडशेडिङ ।

    342 Views

    बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै

      नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो । पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनःबिजुलीकै सहयताले माथितानी पुनः विद्युत् उत्पादन गर्ने गरिन्छ ।

      1904 Views

      प्राधिकरणसँग ८९५ मेगावाट बिजुली, माग १२ सय मेगावाटसम्म

        साँझको समय जस्तै बिहान पनि विद्युत्को माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ । बिहानको समयमा प्रणालीमा कूल ८९५ मेगावाट विद्युत् माग हुने गरेको छ । साँझको समयमा करिब ९५० मेगावाटदेखि एक हजार २०० मेगावाटसम्म विद्युत् माग हुने गरेको छ ।

        356 Views

        महँगोमा किनेको बिजुली नै धेरै चोरी

        भारतबाट महँगो मूल्य तिरेर आयात हुने अधिकांश बिजुली तराईका जिल्लामा वितरण हुन्छ, त्यहीँ चोरी अत्यधिक

          भारतबाट महँगोमा किनेको बिजुली वितरण हुने क्षेत्रमा नै धेरै विद्युत् चोरी हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट प्रतियुनिट ९ देखि ११ रुपैयाँसम्ममा विद्युत् आयात गर्ने गरेको छ । यसमध्ये धेरै वितरण तराई क्षेत्रमा हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतका जिल्लाको औसत विद्युत् चुहावट ३७.७२ प्रतिशत छ ।

          213 Views

          जलवायु तथा ऊर्जा योजना निर्माण अन्तिम चरणमा

            तेह्रथुममा जलवायु परिवर्तन अनुकूलन तथा ऊर्जा क्षेत्रको विकासका लागि जिल्ला जलवायु तथा ऊर्जा योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा ऊर्जा विकासका लागि राज्यको छुट्टै योजना तथा नीतिनियम नभएको अवस्थामा जिल्लालाई ऊर्जा क्षेत्रमा समृद्ध र बढ्दो जलवायु परिवर्तनसँग अनुकूलनका लागि ऊर्जा योजना बनाउन लागिएको हो ।

            196 Views

            नमुना माथिल्लो तामाकोसी

              कुनै पनि बाधा अवरोध नभए अबको डेढ वर्षमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत उत्पानन सुरु हुने छ । अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको रूपमा निर्माणाधिन माथिल्लो तामाकोसीलाई विद्युत विकासको कोसेढुङगाकै रूपमा राज्यले लिएको छ । दोलखाको लामामाबगरमा निर्माणाधिन तामाकोसी अत्यन्तै सस्तो जलविद्युत् आयोजना मध्येको एक हो । यो आयोजना स्वदेशी पुँजी लगानी छ ।

              1025 Views

              फर्केर हेर्दा २०७३ : ऊर्जा क्षेत्रमा दर्जनौँ उपलब्धि, स्वर्णकालको सुरुवात

                गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो । नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो ।

                381 Views

                जोगमाइ खोलाबाट विद्युत उत्पादन सुरु

                  विद्युत प्राधिकरणको प्रणालीमा ७.५ मेगावाटको बिजुली थप भएको छ। निजी क्षेत्रद्वारा प्रवद्वित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँ बजार गाविमसा पर्ने जोगमाइ खोलाबाट विद्युत उत्पादन सुरु गरेको हो। 'प्राधिकरणका प्रविधिकहरूको रोहवरमा विद्युत गृहको सफल परीक्षणपछि आइतबारदेखि परीक्षण उत्पादन सुरु भएकाे हो,' सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोखरेलले भन्‍नुभयो.....

                  341 Views

                  Indian help sought for Nepal-Bangladesh trade

                    Bangladeshi Prime Minister Sheikh Hasina has asked Indian Prime Minister Narendra Modi to facilitate cross-border power trade between Bangladesh and Nepal over Indian territory. Hasina, who is currently in New Delhi on a four-day official visit, made the request during a meeting with her Indian counterpart on Saturday.

                    253 Views

                    आयोजनाको जडित क्षमता घट्ने, हिउँदमा उत्पादन बढ्ने

                    विद्युत् आयोजना अनुमतिपत्रसम्बन्धी निर्देशिका संशोधन

                      सरकारले जलविद्युत् आयोजनाको निर्माण गर्दा अधिकतम जडित क्षमता कम गर्न निर्देशन दिएको छ । अब, जलविद्युत् कम्पनीहरूले आयोजनाको डिजाइन गर्दा वर्षभरिमा ४५ प्रतिशत समयमा आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने (क्यू ४५) गरी गर्नुपर्नेछ । यसअनुसार अब १ वर्षमा साढे ५ महिना जलविद्युत् आयोजनाबाट जडित क्षमताअनुसार नै विद्युत् उत्पादन हुनुपर्छ ।

                      680 Views

                      ५५ लाख पङ्खा र २ करोड पुरानो चिम प्रतिस्थापन गर्ने कुलमानको योजना

                        हाल सञ्चालनमा रहेका बढी बिजुली खपत गर्ने पुराना पङ्खा र चिम प्रतिस्थापन गर्दा सयौं मेगावाट बिजुली खपत घटने भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर रहेका बढी विद्युत खपत गर्ने ५४ लाख ८४ हजार ४८ थान पंखा र २ करोड थान सीएफएल, ट्युवलाइट र इनक्यानडिसेन्ट चिम विस्थापन गरेर ऊर्जा दक्षता भएका पंखा र चिमको प्रयोगबाट ३५६ मेगावाटसम्म बिजुली खपत घटने देखिएको छ ।

                        176 Views

                        सान्जेनका दुई आयोजनाको काम तीव्र गतिमा

                          चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी सान्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको दुईओटा महत्वपूर्ण आयोजनाको कार्यप्रगति उल्लेखनीय रहेको छ । माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको हालसम्मको कार्यप्रगति ६० प्रतिशतभन्दा माथि पुगेको छ भने तल्लो सान्जेनको कार्यप्रगति ४० प्रतिशतभन्दा बढी पुगेको छ ।

                          189 Views

                          ठूला आयोजना कम्पनी मोडेलमा

                            नेपाल विद्युत् प्राधिकरणले कम्पनी मोडेलमा जलविद्युत् आयोजनाहरूको निर्माण कार्य अघि बढाएको छ । सर्वसाधारणको समेत सहभागितामा चिलिमे जलविद्युत् आयोजना सफल भएपछि यही मोडेललाई नमूना रूपमा लिएर प्राधिकरणले आठ कम्पनी गठन गरी आयोजना निर्माणको काम अघि बढाएको हो । चिलिमे मोडेल स्थापित गर्न प्रमुख भूमिका खेलेकामध्ये एक.....

                            245 Views

                            ऊर्जामन्त्री जनार्दन शर्माद्वारा विद्युत् नियमन आयोग विधेयक पेस

                              ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ प्रस्तुत गरेका छन् । विद्युत् चोरी निकासी गर्ने तथा अवैध काम गर्ने जोकोहीलाई पनि नियन्त्रण गर्न उक्त विधेयक पेस गर्दै मन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण आधारको रुपमा रहेको जलविद्युत् क्षेत्रको विकास गर्न सरकारले लामो छलफल र प्रयासपछि संसद्मा उक्त विधेयक प्रस्तुत गरिएको बताए ।

                              495 Views

                              जलविद्युत् : चुनौती र विदेशी लगानीको आवश्यकता

                                जलस्रोतको अपार भण्डार भए पनि बहुसंख्यक जनता टुकीको उज्यालो र दाउराको आगोमा निर्भर हुनु दुःखद हो । बहावको आधारमा मात्रै ८३-८४ हजार मेगावाटको सम्भावना र त्यसमध्ये ४२-४३ हजार मेगावाट निकै आकर्षक मूल्यमा बनाउन सकिने अवस्था हुँदाहुँदै पनि सय वर्ष को अवधिमा जम्मा नौ सय ४० मेगावाट हाराहारीमात्र उत्पादन गरेर विदेशबाट बिजुली आयात गरी लोडसेडिङ हटाउनु परेको छ ।

                                358 Views

                                पिक आवरमा विद्युत खपत घटाउन कुलमानको यस्तो छ योजना

                                  मुलुकलाई विद्युतभार कटौती मुक्त गरेपछि सरकारले व्यवस्थित रुपमा विद्युत् उपलब्ध गराउन र कम ऊर्जा खपतको बानी बसाल्नेतर्फ नागरिकको ध्यान केन्द्रित गर्ने भएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई व्यवस्थित रुपमा स्वच्छ विद्युत् उपलब्ध गराउनेतर्फ कार्ययोजनाका साथ काम गर्न निर्देशन दिएका छन् ।

                                  359 Views

                                  प्रसारण लाइन नबन्दा उत्पादित विद्युत् खेर जाने अवस्था

                                    समयमै प्रसारण लाइन नबन्दा पूर्वी लमजुङको दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजना समस्यामा परेका छन् । ढोडेनीको कीर्तिपुरदेखि उदीपुर सबस्टेसनसम्मको १४ किलोमिटर ट्रान्समिसन लाइन नबन्दा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था देखिन लागेको हो ।

                                    271 Views

                                    एक वर्षममा तीन सय ६५ मेगावाट बिजुली थपिँदै, तामाकोसी बनेपछि खेर जाने

                                      अबको एक वर्षभित्रमा नेपालकै आन्तरिक उत्पादनबाट ३ सय ६५ मेगावाट बिजुली थपिने भएको छ । लोडसेडिङ हटाएपछि बिजुली उत्पादनमा जोड दिइरहेको ऊर्जामन्त्रालयले यस्तो जानकारी दिएको हो । नेपाल विद्युत्त प्राधिकरणका अनुसार चालु आवको अन्त्यसम्म विभिन्न जलविद्युत् आयोजनाबाट १४५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान हुनेछ ।

                                      679 Views

                                      जलविद्युतमा फेरि पिइएसको विवाद

                                      ऊर्जा मन्त्रालय हटाउने, वन मन्त्रालय लगाउने

                                        ऊर्जा मन्त्रालयले खारेज गरेको जलविद्युत् आयोजनाका लागि वातावरणीय सेवा शुल्क (पेमेन्ट फर इकोसिस्टम सर्भिसेस–पिइएस) वन मन्त्रालयले फेरि लगाएको छ । ऊर्जा मन्त्रालयलले तयार पारी मन्त्रिपरिषद्ले स्वीकृत गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्रमार्फत खारेज गरिएको शुल्क वन मन्त्रालयले लगाएको हो ।

                                        267 Views

                                        वार्षिक १५ अर्वको बिद्युत आयात, माथिल्लो तामाकोसी बनेपछि निर्यात

                                          विद्युतभार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले वार्षिक करीब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले रू. नौ अर्ब छ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महीनामा थप रू. छ अर्ब बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको बुझाइ छ ।

                                          445 Views

                                          नलसिंहगाड आयोजनाका कार्यकारी निर्देशकसहित छ जनाविरुद्ध भष्ट्राचार मुद्दा दायर

                                            अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित छ जनाविरुद्ध २७ करोड २४ लाख ५४ हजार ३५१ भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटका क्रममा राज्यलाई नोक्सान पुयाउने गरी परामर्शदाता छनोट गरेको पाइएकाले मुद्दा दर्ता गरिएको सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

                                            356 Views

                                            बूढीगण्डकी जलविद्युत् आयोजनाका पुनर्बासको छिट्टै टुंगो

                                              बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण विस्थापित हुनेलाई पुनर्बास कसरी गर्ने भन्ने विषयमा छिट्टै टुंगोमा पुग्ने ऊर्जामन्त्री जनार्दन शर्माले बताएका छन् । शनिबारबाट सुरु भएको गोरखा नगरपालिका सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले हालसम्म बूढीगण्डकी प्रभावितलाई २५ करोड मुआब्जा वितरण गरिसकिएको जानकारी दिए ।

                                              231 Views

                                              आजबाट देशैभर युरो–४ को तेल

                                              नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच नयाँ सम्झौता भएपछि युरो–४ को तेल नेपालमा

                                                नयाँ सम्झौताअनुसार भारतबाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ सुरु भएको छ । सो इन्धन सोमबारबाट बजारमा पठाउने आयल निगमले जनाएको छ । आयल निगमका प्रवक्ता सीताराम पोख्रेलले शनिबार भारतीय आयल कर्पोरेसन (आइओसी) को सबै डिपोमा युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ भएको बताए । उक्त इन्धन निगमको डिपोसम्म आइतबार दिउँसो र साँझसम्म आइपुग्नेछ ।

                                                276 Views

                                                भारतबाट आयातीत बिजुलीको मूल्य बढ्यो

                                                  नेपाल–भारत विद्युत् आदान–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी)को बैठक बस्न नसक्दा भारतबाट आयात हुने बिजुलीको मूल्य ५.५ प्रतिशतले बढेको छ । भारतीय पक्षले बेवास्ता गर्दा बैठक बस्न नसकेका कारण बिजुली महँगो भएको हो । ‘कमिटीको बैठक बस्न नसकेका कारण यस विषयमा छलफल हुन पाएन, यसअघिको प्रावधानअनुरूप शनिबारबाट बिजुली स्वतः महँगो भएको छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने ।

                                                  202 Views

                                                  जलविद्युतमा बिपिसीको साढे १६ अर्ब लगानी

                                                  बिपिसीले ३७.६ मेगावाटको काबेली ‘ए’ र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण थाल्यो

                                                    बुटवल पावर कम्पनी (बिपिसी) ले एकैसाथ ६७.६ मेगावाटका दुई आयोजनाको निर्माण थालेको छ । सहायक कम्पनी स्थापना गरेर बिपिसीले ३७.६ मेगावाटको काबेली ‘ए’ र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना अघि बढाएको हो । दुवै आयोजनाको काम बिहीबारबाट सुरु भइसकेको छ । यी दुवै आयोजनाबाट सन् २०२० देखि विद्युत् उत्पादन सुरु हुने बिपिसीका अध्यक्ष पद्म ज्योतिले जानकारी दिए ।

                                                    494 Views

                                                    साना जलविद्युत् अन्तरराष्ट्रिय सम्मेलन हुँदै

                                                      आगामी मङ्गलवारदेखि बिहीवारसम्म साना जलविद्युत् सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र चिनको हाङ्चोउ रिजनल सेण्टर फर स्मल हाइड्रोपावर (एचआरसी)को आयोजनामा काठमाडौंमा उक्त सम्मेलन हुन लागेको हो । ‘स्मल हाइड्रोपावर डेभलपमेण्ट प्लानिङ् फर शाउथ एशियन कण्ट्रिज्’ विषयक सम्मेलनमा माल्दिभ्स बाहेक दक्षिण एशियाका सबै देश र चिनको सहभागिता रहने छ ।

                                                      390 Views

                                                      ६७ मेगावाट क्षमताका कावेली–ए र न्यादी आयोजना निर्माण सुरु

                                                        बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले ६७ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाको एकैपटक निर्माण सुरु गर्न लागेको छ । बीपीसीले ३७. ६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना शनिबारदेखि एकैपटक निर्माण सुरु गर्न लागेको हो । दुवै आयोजना आगामी सन् २०२० मा सम्पन्न गर्ने बीपीसीका प्रमुख कार्यकारी अधिकृति (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए ।

                                                        717 Views

                                                        पश्चिम सेती : खर्च पुँजीकरणको जटिलताको काम अगाडि बढेन

                                                          पश्चिम सेती आयोजनामा अहिलेसम्म भएको खर्चलाई पुँजीकरण गर्ने काम अझैसम्म हुन सकेको छैन्। नेपाल सरकार र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले अयोजनामा गरेको खर्चलाई पुँजीकरण गरी आयोजनामा निर्माण गर्न खोलिने कम्पनीको इक्विटीमा समावेश गरिने भनिए पनि अहिलेसम्म पुँजीकरण हुन सकेको कम्पनीले बताएको छ। कम्पनीले आफूले आयोजनामा गरेको खर्चलाई लगानीमा जोड्न चाहेको हो।

                                                          318 Views

                                                          विद्युत् अनियमितता हटाउन ‘सबस्टेसन'

                                                            नियमित रूपमा विद्युत् आपूर्तिमा समस्या देखिएपछि समाधानका लागि प्युठान नगरपालिका–८ स्थित धर्मावती दम्तीमा सबस्टेसन निर्माण कार्य भइरहेको छ । झिमरुक जलविद्युत् आयोजना जिल्लाभित्रै भए पनि सबस्टेसन नहुँदा जिल्लाबासीले विद्युत् आपूर्तिको समस्या झेल्दै आएका थिए । ‘उद्योगी व्यवसायीले विद्युत् आपूर्तिमा समस्या हुँदा समस्या भोग्नु परिरहेको छ', प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानुराम न्यौपानेले भने, ‘आफ्नै जिल्लामा पर्याप्त विद्युत्...

                                                            654 Views

                                                            जलस्रोत कब्जा गर्ने भारतीय रणनीति

                                                              नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको 'सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६' प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ । सन् २०१४ मा भएको नेपाल-भारत विद्युत् व्यापार सम्झौताको मर्मअनुसार हुनुपर्ने उल्लेख गर्दै उक्त निर्देशिकाप्रति सरकारले औपचारिक रूपमा पहिलोपटक आपत्ति जनाएको हो ।

                                                              403 Views