News

बलाँच-अत्तरिया १३२ केभी प्रशारणलाइन परीक्षण सुरु

    दार्चुलामा निर्माणधीन चमेलिया जलबिद्युत परियोजनाका लागि बलाँच-अत्तरिया १३२ केभी प्रशारणलाइन परीक्षण कार्य आइतबारदेखि सुरु भएको छ । बलाँच-अत्तरिया १ सय ३२ केभीको प्रशारणलाइन र सबस्टेशनको परिक्षण गर्न लागिएको हो । जडान गरिएको उपकरणहरु, १ सय ३१ किलोमिटर प्रशारणलाईन, दार्चुलाको बलाँचमा रहेको सबस्टेशन लगायतको आयोजनाका उपकरणहरुको परिक्षण कार्य सुरु भएको आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिए ।

    132 Views

    Urgent steps are required to stem electric power transmission and distribution losses

      The Nepal Electricity Authority (NEA) is solely in charge of generation, transmission and distribution of electricity in Nepal, and so its efficiency, or lack of it, has a considerable impact on the national economy. The state-owned power utility, which celebrated its 32nd birthday recently, is the largest consumer of electricity in the country, considering the amount lost in transmission and distribution.

      149 Views

      विद्युत् निर्यात गर्न सके नेपालको व्यापारघाटा कम गर्न सकिने: विज्ञ

        विज्ञहरूले पर्याप्त विद्युत् उत्पादन गरेर निर्यात गर्न सके नेपालको व्यापारघाटा कम गर्न सकिने सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा गरेको आर्थिक वृद्धिका लागि भरपर्दो ऊर्जा तथा पूर्वाधारमा लगानी विषयक कार्यक्रममा सहभागी विज्ञहरूले ऊर्जा तथा पूर्वाधारमा लगानीसँगै उत्पादन बढाएर व्यापारघाटा कम गर्न सकिने बताएका हुन् ।

        140 Views

        १३.६ मेगावाटको थापाखोला जलविद्युतको परीक्षण उत्पादन

          मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताए ।

          146 Views

          पश्चिम सेती आयोजना निर्माणको जिम्मा पाएको थ्रि–गोर्जेजले ७ महिनापछि जेभिए अनुमोदन गर्यो

            ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको चीनको थ्रि–गोर्जेज कर्पोरेशनले संयुक्त कम्पनी खोल्नेबारेको ‘संयुक्त उपक्रम सम्झौता (ज्वाइन्ट भेन्चर एग्रिमेन्ट– जेभिए)’ अनुमोदन गरेको छ । नेपाल विद्युत प्राधिकरण र थ्रि–गोर्जेजको सहायक कम्पनी सिडब्लुई इन्भेष्टमेन्ट कर्पोरेशनबीच २०७३ माघ ३ गते जेजिएमा हस्ताक्षर भएको थियो ।

            194 Views

            उद्याेगकाे विद्युत महसुल तत्काल बढ्दैन : मन्त्री शाही

              नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल बढाउन प्रस्ताव गरे पनि सरकारले तत्काल नबढाउने भएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उद्योगी व्यवसायीसँगकाे भेटमा यस्ताे बताएका हुन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा ऊर्जामन्त्री शाहीले महसुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने बताए ।

              58 Views

              ४० मेगावाटकाे सुपर न्यादीले उत्पादन अनुमतिपत्र पायो

                विद्युत विकास विभागले लमजुङस्थित ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजना निर्माण गर्न उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । सिउरी न्यादी पावर प्रालिले निर्माण गर्ने आयोजनाको बुधबार अनुमतिपत्र दिइएको हो । कम्पनीले अनुमतिपत्र लिन गत बिहीबार विभागमा आवेदन दिएको थियो ।

                216 Views

                वैकल्पिक उर्जा प्रविधि प्रवर्द्धनमा संलग्न निजी क्षेत्र आन्दोलित

                  नेपाल लघु जलबिद्युत संस्थाद्वारा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रलाई ज्ञापनपत्र पेश गरिएको छ। चार बुँदे माग रहेको ज्ञापन पत्र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ज्युलाई बुझाईएको हो। समयमै मागको सम्बोधन नभएमा संपूर्ण नवीकरणीय उर्जा संवद्ध संस्थाहरु सहितको संलग्नतामा चरणवद्ध आन्दोल गर्ने नेपाल लघु जलबिद्युत संस्थाद्वारा चेतावनी दिईएको छ।

                  869 Views

                  भारतले गण्डक नहरमा पानी रोकेपछि गण्डक जलविद्युत् गृहबाट बिजुली उत्पादन ठप्प

                    गाउँ डुबानमा परेको भन्दै सुस्तावासीले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम नहरमा पानी बन्द गरेको छ। भारतले पानी रोकेका कारण गण्डक जलविद्युत् गृहबाट बिजुली उत्पादन ठप्प भएको छ। भारतीय पक्षले साइफन र खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका-१ र २ का स्थानीयले १० दिनअघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका थिए। त्यही कारण भारतले उक्त नहरमा पानी रोकेको हो।

                    214 Views

                    वैकल्पिक ऊर्जाका अधिकांश लक्ष्य पूरा भएनन्

                      राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम (एनआरआरईपी)को पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणको कार्यक्रममा एनआरआरईपीका अधिकांश लक्ष्य प्राप्तीमा सरकार असफल देखिएको छ । भूकम्प, नाकाबन्दीलगाायतका समस्या देखाउँदै सरकारले कार्यक्रमको सुरुवातमा तोकिएको लक्ष्यअनुसारको उपलब्धी हासिल गर्न नसकेको स्वीकार गरेको छ ।

                      457 Views

                      स्थानीय सहभागितामा जलविद्युत् आयोजना सहजीकरण

                        तनहुँ जलविद्युत् आयोजना निर्माणको सहजीकरणका लागि स्थानीय सहभागिताको प्रक्रिया अघि बढाइएको छ । स्थानीयबासीले विभिन्न माग राखेर आयोजना निर्माणमा अवरोध गरिरहेको र यसले आयोजनाको लागत र समय बढिरहेका बेला आयोजनाले स्थानीय सहभागी गराएर सहजीकरणको प्रक्रिया अघि बढाएको हो ।

                        175 Views

                        अवरुद्ध दरमखोला जलविद्युत् परियोजना आजदेखि सञ्चालनमा

                          गुल्मीको दरमखोला लघु जलविद्युत् परियोजनाको विद्युत् सेवा आजदेखि सञ्चालनमा आएको छ । पहिरोले बगाएको बाँध तथा नहरलाई अस्थायीरुपमा नहर निर्माण गरेपछि विद्युत् सेवा सञ्चालन भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए ।

                          89 Views

                          प्रधानमन्त्री देउवाको भारत भ्रमण : अरुण तेस्रो र पञ्चेश्वर निर्माणमा जोड

                            भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डलले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीको प्रतिनिधिमण्डलसँगको वार्तापछि विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर गरेको छ । पुराना सन्धिसम्झौताको कार्यान्वयनमा जोड दिइने बताउँदै बुधवार भारतको नयाँदिल्ली....

                            162 Views

                            देउवा र मोदीले गरे कटैया-कुशाहा प्रशारणलाइनको उद्घाटन

                              प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कटैया-कुशाहा १ सय ३२ केभीए प्रसारणलाइनकोे संयुक्त रुपमा उदघाटन गरेका छन् । प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेका बेला हैदराबाद हाउसबाट बिहीबार दुई प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रशारणलाइनको उदघाटन गरेका हुन्।

                              127 Views

                              माथिल्लो त्रिशूली ३–बीको पीपीएमा हस्ताक्षर

                                ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री–बी जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको उक्त आयोजनाको पीपीएमा सम्झौता भएको हो । प्राधिकरण र आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीबीच सम्झौता भएको हो ।

                                263 Views

                                विगतका सम्झौता कार्यान्वयन हुनुपर्छ : उद्योगी

                                  भारत भ्रमणका क्रममा ठूला लगानीसहित जलविद्युत्मा लगानी भियाउनका लागि केन्द्रित हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई बाढी र डुबानबाट आक्रान्त पूर्वका उद्योगी व्यवसायीहरूले सुझाव दिएका छन् । उनीहरूले वितगमा भएका सम्झौता कार्यान्वयन गराउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

                                  134 Views

                                  माथिल्लो तामाकोशीको काममा ढिलाइ

                                    चारसय ६५ मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएको छ। डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै सात अर्ब बढ्ने समेत अनुमान गरिएको छ।

                                    80 Views

                                    ५५ सय मेगावाटका ४३ आयोजनालाई ताकेता

                                      ऊर्जा मन्त्रालयले ५ हजार ४ सय ८१ मेगावाट बराबरका ४३ आयोजनालाई तत्काल प्रगति प्रतिवेदन बुझाउन ताकेता गरेको छ । ६ वर्षदेखि उत्पादन अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिएका ती आयोजनाहरूलाई मन्त्रालयको विद्युत्् विकास विभागले ३५ दिनभित्र सबै विवरण बुझाउन ताकेता गरेको हो ।

                                      139 Views

                                      बूढीगण्डकी प्रभावित क्षेत्रको मुआब्जा वृद्धि गर्न माग

                                        बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा निर्धारण भएको एक वर्ष नाघेकाले प्रतिवर्ष १५ प्रतिशतका दरले वृद्धि गर्न माग गरेको छ । सोमबार ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै समितिले बूढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङको साविक २७ गाविसको खेतबारीको मुआब्जा गत वर्षको मंसिर र पुसमा निर्धारण गरिए पनि गत आर्थिक वर्षमा साविकका ६ गाविसमा मात्रै वितरण.....

                                        194 Views

                                        भारतबाट आयात गर्ने बिजुलीको नयाँ दर तोकियो

                                          नेपाल विद्युत प्राधिकरणले भारतका दर्जन विन्दुबाट आयात गर्ने बिजुलीको नयाँ मूल्य निर्धारण भएको छ । नेपाल–भारत विद्युत आदान प्रदान समिति (पिइसी) को मंगलबार नयाँ दिल्लीमा बसेको बैठकले मूल्य तोकेको हो । ११ केभीदेखि १३२ केभी प्रसारण लाइनबाट आयात हुने बिजुलीको नयाँ मूल्य निर्धारण भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

                                          413 Views

                                          हिउँदमा उद्योग पनि लोडसेडिङमुक्त : ऊर्जामन्त्री

                                            “आयोजनाहरू रोकावट नभए लोडसेडिङमुक्त गराउन ल्याइने योजना कार्यान्वयन भए सर्वसाधारण र उद्योगधन्दा दुवैलाई लोडसेडिङमुक्त गराउँछु,” उनले भने । ऊर्जा विकासका लागि छिट्टै विशेष कार्ययोजना ल्याउन लागेको जानकारी दिँदै मन्त्री शाहीले लोडसेडिङमुक्त अभियानमा ऊर्जा मन्त्रालयलाई वनलगायतका अन्य सरोकारवाला मन्त्रालयले सहयोग गर्नुपर्ने बताए ।

                                            267 Views

                                            तामाकोसीको काम ८४ प्रतिशत सकियो

                                              माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ८४ प्रतिशत सकिएको छ। असार मसान्तसम्मको कार्यप्रगति सार्वजनिक गर्दै आयोजनाले उक्त जानकारी दिएको हो। करिब डेढ वर्षभित्र ४ सय ५६ मेगावाटको विद्युत् उत्पादन गर्ने अनुमान गरिएको आयोजनाको पूर्वनिर्धारित लागत ३५ अर्ब २९ करोडमध्ये ३४ अर्ब ६४ करोड रुपैयाँ खर्च भइसकेको प्रगति विवरणमा उल्लेख छ।

                                              488 Views

                                              सोलार परियोजनामा विश्व बैंकले लगानी नगर्ने

                                                नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गर्न लागेको २५ मेगावाटको ग्रिड सोलार प्रोजेक्टमा विश्व बैंकले लगानी नगर्ने भएको छ । मंगलबार संसद्को सार्वजनिक लेखा समितिले चालू ठेक्का रद्द गरेर पुनः टेन्डर गर्न निर्देशन दिएपछि विश्व बैंकले परियोजनाबाट हात झिक्ने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बैंकका प्रतिनिधिले बुधबार नै यस्तो जानकारी दिइसकेका छन् ।

                                                172 Views

                                                अरूण तेस्राे र माथिल्लाे कर्णाली खारेज हुने

                                                  भारतीय लगानीमा निर्माण हुन लागेका ९/९ सय मेगावाटका माथिल्लाे कर्णाली र अरूण तेस्राे जलविद्युत अायाेजनाले ताेकिएकाे समय सीमाभित्र काम नगरे वा प्रगति नदेखाए ऊर्जा मन्त्रालयले अनुमतिपत्र खारेज गर्ने भएकाे छ । लामाे समयसम्म अायाेजना अाेगटेर राख्न नदिने भन्दै मन्त्रालयले यस्ताे अभिव्यक्ति दिएकाे हाे । दुवै अायाेजना निर्माणकर्ता कम्पनीसँग छलफल गरेर काम पूरा गर्न समय सीमा दिइने र त्यसको....

                                                  342 Views

                                                  भक्तपुरका १० ठाउँमा ५ घन्टा विद्युत काटिने

                                                    नेपाल विद्युत प्राधिकरणले बिहीबार भक्तपुरका १० ठाउँमा ५ घन्टा विद्युत कटौती गर्ने भएको छ । वितरण लाइन मर्मत गर्नुपर्ने हुँदा सेवा अवरुद्ध हुने भएको हो । प्राधिकरणका अनुसार निकोसेरा, राधेराधे, नयाँ ठिमी, गठ्ठाघर, कौशलटार, बालकोट, लोकन्थली, दधीकोट, गुन्डु र सानोठिमी क्षेत्रमा विद्युत आपुर्ति बन्द गरिनेछ ।

                                                    222 Views

                                                    प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जाका एजेन्डा प्राथमिकतामा

                                                      प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा ऊर्जाका विषयलाई प्राथमिकता दिने भएको छ । प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारतको राजकीय भ्रमण गर्ने तयारी भएसँगै ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणले भारतीय पक्षसँग द्विपक्षीय वार्ता गर्न एजेन्डा तय गर्न लागेका हुन् । भ्रमणका क्रममा नेपालले भारतसँग ऊर्जाका विषयमा कस्ता एजेन्डा उठाउने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ ।

                                                      251 Views

                                                      ६ वर्षपछि नेपाल–भारत विद्युत आदानप्रदान बैठक

                                                        नेपाल विद्युत प्राधिकरणले भारतका दर्जन विन्दुबाट आयात गर्ने विजुलीको परिमाण र मूल्य तोक्ने ‘नेपाल–भारत विद्युत आदानप्रदान समिति’को बैठक ६ वर्षपछि बस्न लागेको छ । भारतले नै पत्राचार गरेपछि बैठक बस्ने टुंगो लागेको हो । प्राधिकरणले निरन्तर ताकेता गर्दै आए पनि यसअघि भारतीय पक्षले बैठक राख्न बेवास्ता गर्दै आएको थियो ।

                                                        243 Views

                                                        २५ मेगावाट सोलारमा जनार्दन शर्मा दोषी; ठेक्का तोडेर नयाँ टेण्डर गर्न निर्देशन

                                                          संसदको सार्वजनिक लेखा समितिले विवादित २५ मेगावाटको सोलार जडानसम्बन्धी पुरानो ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जान नेपाल ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन पालना नगरिएको र व्यापक भ्रष्टाचार भएको भन्दै यस्तो निर्णय गरिएको हो ।मंगलबार बसेकाे समितिकाे बैठकमा अधिकांश सासदले प्रक्रिया त्रुटीपूर्ण रहेकेा अाैंल्याए ।

                                                          265 Views

                                                          पुराना/बिग्रेका विधुतीय सामग्रीले नेपालमा उच्च जोखिम निम्त्याउँदै

                                                            सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्ति र त्यस्ता सामग्रीको प्रयोगमा आएको व्यापक उपयोगसँगै निम्तिएको समस्या र विद्युतीय फोहोर व्यवस्थापन नयाँ चुनौतीका रुपमा देखा पर्दै गएको छ । विद्युतीय उपकरणको उपयोग गर्ने अवधि सकिएपछि अथवा प्रयोगविहीन अवस्थामा रहेका मोबाइल, कम्प्युटर, टेलिभिजन, ब्याट्रीलगायत सामग्रीको उचित व्यवस्थापन हुन नसक्दा विद्युतीय फोहोरको जोखिम बढ्दै गएको हो ।

                                                            3 Views

                                                            देशका तीन ठाउँमा विद्युत आपूर्ति समस्या

                                                              सबस्टेसन तथा प्रसारण लाइनमा समस्या आउँदा अहिले देशका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ । भरतपुर (चितवन), चन्द्रनिगाहापुर, वीरगन्ज कोरिडोरलगायत क्षेत्रमा आपूर्तिमा समस्या आएको हो । प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार वीरगन्ज, परवानीपुर, चन्द्रनिगाहपुर क्षेत्रमा प्रसारण लाइन निर्माण भइरहेकाले आपूर्ति बन्द (सट डाउन) गरिएको छ ।

                                                              257 Views