News

माथिल्लो तामाकोसीमा, तोकिएभन्दा चाँडो सक्न कुलमानको निर्देशन

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिएका छन् । सो आयोजनामा लगानी गर्ने नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधिसहित आयोजनास्थल पुगेका कार्यकारी निर्देशक घिसिङले दोस्रोपटक सो निर्देशन दिएका हुन् ।

    453 Views

    लिखुखोलामा १५७ मेगावाटका तीन जलविद्युत् आयोजना

      सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा एकैसाथ १५७ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । एमभी दुगड गु्रपका सहायक कम्पनीद्वारा प्रवद्र्धित लिखु १, लिखु २ र लिखु ‘ए’ को गत बिहीबार शुभारम्भ गरिएको हो । पान हिमालय इनर्जी प्रालिले लिखु-१, ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालिले लिखु-२ र नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले लिखु ‘ए’ जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन् ।

      269 Views

      अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध; ८० परिवार जोखिममा

        संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताए। बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताए ।

        152 Views

        पश्चिम सेतीमा चिनियाँ पक्षको अझै अलमल

          पश्चिम सेती जलाशययुक्त विद्युत् आयोजना अघि बढाउन चिनियाँ कम्पनीले फेरि अलमल गरेको छ । माघ पहिलो साता नेपाल विद्युत्् प्राधिकरणसँग संयुक्त विकास उपक्रम (जेभीए)मा प्रारम्भिक सम्झौता गरिसकेको प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनले प्रक्रिया अघि नबढाएर अलमल गरेको हो ।

          213 Views

          नेपालमा बिजुलीको उत्पादन र निर्यातको अवस्था

            गत साता ४५६ मेगावाटको उपल्लो तामाकोसीबाट विद्युत् उत्पादन भएपछि नेपाल विद्युत् निर्यात गर्न सफल हुनेछ भन्ने एउटा खुसीलाग्दो समाचार आयो । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण सम्हालेदेखि विद्युत् वितरण र व्यवस्थापनमा कायापलट नै भयो । कुलमान ‘हिरो’ भए । देशभित्रको कुल क्षमता ९४० मेगावाट ( हिउदमा लगभग ४५० मेगावाट) र भारतबाट आयात गरिएको लगभग....

            649 Views

            भारतबाट खरिद गरी ल्याइएको विद्युतमा न्युन भोल्टेज

              लोडसेडिङ न्यून गर्ने नाममा भारतबाट खरिद गरी ल्याइएको विद्युत् न्युन भोल्टेजको रहेको पाइएको छ । न्युन भोल्टेजले गर्दा तराईका सीमावर्ती क्षेत्रका सहर प्रभावित भएका छन् । अहिले लोडसेडिङ घटाएर २ घन्टामा झारेका छौँ, बाँकी समय भारतबाट आयात गरिएको विद्युत् वितरण गरिरहेका छांै, नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका प्रमुख मुनेन्द्र ठाकुरले भने ।

              330 Views

              प्राधिकरणका अधिकारी भन्छन्- व्यवस्थापनको जादुले लोडसेडिङ अन्त्य

                मुलुकमा विद्युतभार कसरी अन्त्य भयो, के छ यसमा जादु, लामो समयदेखि धेरैको मनका यही प्रश्न छ तर उत्तर सर्वसाधारणले सहज रुपमा पाएका छैनन् । यहाँ आज आयोजित कार्यक्रममा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीले विद्युतभार कटौतीको अन्त्यको कारण एउटा कला र व्यवस्थापन भएको बताए ।

                206 Views

                ७ वर्षमा १७ हजार मेगावाट विद्युत् : प्रतिव्यक्ति वार्षिक २ हजार युनिट खपत

                  आगामी ७ वर्षमा देशको प्रतिव्यक्ति विद्युत् खपत वार्षिक २ हजार युनिट पुर्‍याइने भएको छ । उक्त अवधिमा १७ हजार मेगावाट विद्युत् उत्पादन गरी प्रतिव्यक्ति खपत वृद्धि गरिने भएको हो । ऊर्जा मन्त्रालयद्वारा सोमवार राजधानीमा आयोजित अन्तरक्रियामा ऊर्जामन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । ‘सरकारको प्रत्यक्ष नेतृत्वमा ८ हजार मेगावाट र अन्य गरी कुल १७ हजार मेगावाट विद्युत् उत्पादन हुनेछ...

                  286 Views

                  माथिल्लो तामाकोसी आयोजना अन्तिम चरणमा

                    राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको निर्माण सम्पन्न हुन अब १३ प्रतिशत मात्र बाँकी छ । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा निर्माण भइरहेको सो आयोजनाको निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीय खुसी भएका छन् ।

                    2302 Views

                    लोडशेडिङ घटेसँगै इन्भर्टर र ब्याट्रीको व्यापारमा कमी

                      स्पर्श ब्याट्री एण्ड टोनर हाउस बुटवलका सञ्चालक ओमप्रकाश दाहालले विगतका वर्षमा गर्मीयाममा दैनिक पाँच ओटासम्म इन्भर्टर र ब्याट्री विक्री गर्थे । उनको पसलबाट सोलार ब्याट्री, स्टेपलाइजर, अनलाइन यूपीएस पनि उत्तिकै विक्री हुन्थ्यो । तर, यो वर्ष दाहाललाई सातामा चारओटा इन्भर्टर विक्री गर्न पनि मुस्किल पर्न थालेको छ । कारण हो–घट्दो लोडशेडिङ ।

                      287 Views

                      बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै

                        नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो । पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनःबिजुलीकै सहयताले माथितानी पुनः विद्युत् उत्पादन गर्ने गरिन्छ ।

                        1786 Views

                        प्राधिकरणसँग ८९५ मेगावाट बिजुली, माग १२ सय मेगावाटसम्म

                          साँझको समय जस्तै बिहान पनि विद्युत्को माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ । बिहानको समयमा प्रणालीमा कूल ८९५ मेगावाट विद्युत् माग हुने गरेको छ । साँझको समयमा करिब ९५० मेगावाटदेखि एक हजार २०० मेगावाटसम्म विद्युत् माग हुने गरेको छ ।

                          315 Views

                          महँगोमा किनेको बिजुली नै धेरै चोरी

                          भारतबाट महँगो मूल्य तिरेर आयात हुने अधिकांश बिजुली तराईका जिल्लामा वितरण हुन्छ, त्यहीँ चोरी अत्यधिक

                            भारतबाट महँगोमा किनेको बिजुली वितरण हुने क्षेत्रमा नै धेरै विद्युत् चोरी हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट प्रतियुनिट ९ देखि ११ रुपैयाँसम्ममा विद्युत् आयात गर्ने गरेको छ । यसमध्ये धेरै वितरण तराई क्षेत्रमा हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतका जिल्लाको औसत विद्युत् चुहावट ३७.७२ प्रतिशत छ ।

                            162 Views

                            जलवायु तथा ऊर्जा योजना निर्माण अन्तिम चरणमा

                              तेह्रथुममा जलवायु परिवर्तन अनुकूलन तथा ऊर्जा क्षेत्रको विकासका लागि जिल्ला जलवायु तथा ऊर्जा योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा ऊर्जा विकासका लागि राज्यको छुट्टै योजना तथा नीतिनियम नभएको अवस्थामा जिल्लालाई ऊर्जा क्षेत्रमा समृद्ध र बढ्दो जलवायु परिवर्तनसँग अनुकूलनका लागि ऊर्जा योजना बनाउन लागिएको हो ।

                              147 Views

                              नमुना माथिल्लो तामाकोसी

                                कुनै पनि बाधा अवरोध नभए अबको डेढ वर्षमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत उत्पानन सुरु हुने छ । अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको रूपमा निर्माणाधिन माथिल्लो तामाकोसीलाई विद्युत विकासको कोसेढुङगाकै रूपमा राज्यले लिएको छ । दोलखाको लामामाबगरमा निर्माणाधिन तामाकोसी अत्यन्तै सस्तो जलविद्युत् आयोजना मध्येको एक हो । यो आयोजना स्वदेशी पुँजी लगानी छ ।

                                540 Views

                                फर्केर हेर्दा २०७३ : ऊर्जा क्षेत्रमा दर्जनौँ उपलब्धि, स्वर्णकालको सुरुवात

                                  गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो । नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो ।

                                  310 Views

                                  जोगमाइ खोलाबाट विद्युत उत्पादन सुरु

                                    विद्युत प्राधिकरणको प्रणालीमा ७.५ मेगावाटको बिजुली थप भएको छ। निजी क्षेत्रद्वारा प्रवद्वित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँ बजार गाविमसा पर्ने जोगमाइ खोलाबाट विद्युत उत्पादन सुरु गरेको हो। 'प्राधिकरणका प्रविधिकहरूको रोहवरमा विद्युत गृहको सफल परीक्षणपछि आइतबारदेखि परीक्षण उत्पादन सुरु भएकाे हो,' सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोखरेलले भन्‍नुभयो.....

                                    283 Views

                                    Indian help sought for Nepal-Bangladesh trade

                                      Bangladeshi Prime Minister Sheikh Hasina has asked Indian Prime Minister Narendra Modi to facilitate cross-border power trade between Bangladesh and Nepal over Indian territory. Hasina, who is currently in New Delhi on a four-day official visit, made the request during a meeting with her Indian counterpart on Saturday.

                                      175 Views

                                      आयोजनाको जडित क्षमता घट्ने, हिउँदमा उत्पादन बढ्ने

                                      विद्युत् आयोजना अनुमतिपत्रसम्बन्धी निर्देशिका संशोधन

                                        सरकारले जलविद्युत् आयोजनाको निर्माण गर्दा अधिकतम जडित क्षमता कम गर्न निर्देशन दिएको छ । अब, जलविद्युत् कम्पनीहरूले आयोजनाको डिजाइन गर्दा वर्षभरिमा ४५ प्रतिशत समयमा आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने (क्यू ४५) गरी गर्नुपर्नेछ । यसअनुसार अब १ वर्षमा साढे ५ महिना जलविद्युत् आयोजनाबाट जडित क्षमताअनुसार नै विद्युत् उत्पादन हुनुपर्छ ।

                                        530 Views

                                        ५५ लाख पङ्खा र २ करोड पुरानो चिम प्रतिस्थापन गर्ने कुलमानको योजना

                                          हाल सञ्चालनमा रहेका बढी बिजुली खपत गर्ने पुराना पङ्खा र चिम प्रतिस्थापन गर्दा सयौं मेगावाट बिजुली खपत घटने भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर रहेका बढी विद्युत खपत गर्ने ५४ लाख ८४ हजार ४८ थान पंखा र २ करोड थान सीएफएल, ट्युवलाइट र इनक्यानडिसेन्ट चिम विस्थापन गरेर ऊर्जा दक्षता भएका पंखा र चिमको प्रयोगबाट ३५६ मेगावाटसम्म बिजुली खपत घटने देखिएको छ ।

                                          107 Views

                                          सान्जेनका दुई आयोजनाको काम तीव्र गतिमा

                                            चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी सान्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको दुईओटा महत्वपूर्ण आयोजनाको कार्यप्रगति उल्लेखनीय रहेको छ । माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको हालसम्मको कार्यप्रगति ६० प्रतिशतभन्दा माथि पुगेको छ भने तल्लो सान्जेनको कार्यप्रगति ४० प्रतिशतभन्दा बढी पुगेको छ ।

                                            103 Views

                                            ठूला आयोजना कम्पनी मोडेलमा

                                              नेपाल विद्युत् प्राधिकरणले कम्पनी मोडेलमा जलविद्युत् आयोजनाहरूको निर्माण कार्य अघि बढाएको छ । सर्वसाधारणको समेत सहभागितामा चिलिमे जलविद्युत् आयोजना सफल भएपछि यही मोडेललाई नमूना रूपमा लिएर प्राधिकरणले आठ कम्पनी गठन गरी आयोजना निर्माणको काम अघि बढाएको हो । चिलिमे मोडेल स्थापित गर्न प्रमुख भूमिका खेलेकामध्ये एक.....

                                              151 Views

                                              ऊर्जामन्त्री जनार्दन शर्माद्वारा विद्युत् नियमन आयोग विधेयक पेस

                                                ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ प्रस्तुत गरेका छन् । विद्युत् चोरी निकासी गर्ने तथा अवैध काम गर्ने जोकोहीलाई पनि नियन्त्रण गर्न उक्त विधेयक पेस गर्दै मन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण आधारको रुपमा रहेको जलविद्युत् क्षेत्रको विकास गर्न सरकारले लामो छलफल र प्रयासपछि संसद्मा उक्त विधेयक प्रस्तुत गरिएको बताए ।

                                                415 Views

                                                जलविद्युत् : चुनौती र विदेशी लगानीको आवश्यकता

                                                  जलस्रोतको अपार भण्डार भए पनि बहुसंख्यक जनता टुकीको उज्यालो र दाउराको आगोमा निर्भर हुनु दुःखद हो । बहावको आधारमा मात्रै ८३-८४ हजार मेगावाटको सम्भावना र त्यसमध्ये ४२-४३ हजार मेगावाट निकै आकर्षक मूल्यमा बनाउन सकिने अवस्था हुँदाहुँदै पनि सय वर्ष को अवधिमा जम्मा नौ सय ४० मेगावाट हाराहारीमात्र उत्पादन गरेर विदेशबाट बिजुली आयात गरी लोडसेडिङ हटाउनु परेको छ ।

                                                  314 Views

                                                  पिक आवरमा विद्युत खपत घटाउन कुलमानको यस्तो छ योजना

                                                    मुलुकलाई विद्युतभार कटौती मुक्त गरेपछि सरकारले व्यवस्थित रुपमा विद्युत् उपलब्ध गराउन र कम ऊर्जा खपतको बानी बसाल्नेतर्फ नागरिकको ध्यान केन्द्रित गर्ने भएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई व्यवस्थित रुपमा स्वच्छ विद्युत् उपलब्ध गराउनेतर्फ कार्ययोजनाका साथ काम गर्न निर्देशन दिएका छन् ।

                                                    290 Views

                                                    प्रसारण लाइन नबन्दा उत्पादित विद्युत् खेर जाने अवस्था

                                                      समयमै प्रसारण लाइन नबन्दा पूर्वी लमजुङको दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजना समस्यामा परेका छन् । ढोडेनीको कीर्तिपुरदेखि उदीपुर सबस्टेसनसम्मको १४ किलोमिटर ट्रान्समिसन लाइन नबन्दा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था देखिन लागेको हो ।

                                                      222 Views

                                                      एक वर्षममा तीन सय ६५ मेगावाट बिजुली थपिँदै, तामाकोसी बनेपछि खेर जाने

                                                        अबको एक वर्षभित्रमा नेपालकै आन्तरिक उत्पादनबाट ३ सय ६५ मेगावाट बिजुली थपिने भएको छ । लोडसेडिङ हटाएपछि बिजुली उत्पादनमा जोड दिइरहेको ऊर्जामन्त्रालयले यस्तो जानकारी दिएको हो । नेपाल विद्युत्त प्राधिकरणका अनुसार चालु आवको अन्त्यसम्म विभिन्न जलविद्युत् आयोजनाबाट १४५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान हुनेछ ।

                                                        635 Views

                                                        जलविद्युतमा फेरि पिइएसको विवाद

                                                        ऊर्जा मन्त्रालय हटाउने, वन मन्त्रालय लगाउने

                                                          ऊर्जा मन्त्रालयले खारेज गरेको जलविद्युत् आयोजनाका लागि वातावरणीय सेवा शुल्क (पेमेन्ट फर इकोसिस्टम सर्भिसेस–पिइएस) वन मन्त्रालयले फेरि लगाएको छ । ऊर्जा मन्त्रालयलले तयार पारी मन्त्रिपरिषद्ले स्वीकृत गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्रमार्फत खारेज गरिएको शुल्क वन मन्त्रालयले लगाएको हो ।

                                                          219 Views

                                                          वार्षिक १५ अर्वको बिद्युत आयात, माथिल्लो तामाकोसी बनेपछि निर्यात

                                                            विद्युतभार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले वार्षिक करीब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले रू. नौ अर्ब छ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महीनामा थप रू. छ अर्ब बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको बुझाइ छ ।

                                                            379 Views

                                                            नलसिंहगाड आयोजनाका कार्यकारी निर्देशकसहित छ जनाविरुद्ध भष्ट्राचार मुद्दा दायर

                                                              अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित छ जनाविरुद्ध २७ करोड २४ लाख ५४ हजार ३५१ भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटका क्रममा राज्यलाई नोक्सान पुयाउने गरी परामर्शदाता छनोट गरेको पाइएकाले मुद्दा दर्ता गरिएको सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

                                                              305 Views